• टोखा नगरलाई माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र

    टोखा टाइम्स, असार ५ । नेकपा माओवादी केन्द्र टोखा नगर समितिले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ।

    नगरप्रमुख प्रकाश अधिकारीलाई बुझाउने पुर्वनिर्धारित कार्यक्रम तय गरेको भएता पनि नगर प्रमुख अधिकारीको व्यस्तताका कारण नगर अध्यक्ष नवीन डंगोलको अध्यक्षतामा सो ज्ञापन पत्र प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सिलाई बुझाईएको हो ।

    ‘हाम्रो पालीकामा जनताको जिवनसंग जोडिएको थुप्रै समस्याहरु बिद्दमान छन् । कार्यपालीका र पालीकास्तरिय सभाले यस आ.व. २०८२ /०८३ पारित गर्नु अघि विगतको जस्तो कर्मकाण्डी र विगतकै निरन्तरता दिने प्रकृतिको योजनाको छनौट र बजेट बाँडफाँड नगरियोस भनी हामी विषेश अनुरोध गर्दछौ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    ‘पालिकाको मौलिक विशिष्टताको आधारमा स्थानिय पालीकाबासी जनताको आधारभूत पक्ष शिक्षा, स्वास्थ, रोजगारमुलक कार्यक्रममलाई मुख्य प्राथमिकता दिई त्यसको अतिरिक्त पालिकाको मौलिक विशिष्टताको आधारमा सामुदायिक रुपमा जनताको जिवन स्तरलाई उकाने गरिवि निवारण, बेरोजगारको अन्त्य र स्थानिय उत्पादन प्राथमिकता दिदै प्रत्येक पालीकालाई समृद्धी तर्फ लैजाने र विकास कार्यक्रममा जनताको जिवनसंग जोड्ने योजना तर्जुमा हुनु पर्ने तर्फ जोड गर्दछौं ।’ ज्ञापन पत्रमा उल्लेख छ ।

    ज्ञापन पत्रमा माओवादीले नगरपालिकाको आ.व २०८२/८३ को नीति तथा कार्यक्रमका लागि विभिन्न योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्दै बजेट माग गरेको छ।

    ज्ञापन पत्र बुझाउन माओवादीको टोखा ईन्चार्ज दिपक बानियाँ,  जिल्ला समितिका नेताहरू, टोखा नगरका नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो।

    ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सिले नगरप्रमुख समक्ष जानकारी गराउने बताउँदै नगरपालिकाको संमृद्धिका लागि आएका जायज सल्लाह सुझाव र मागहरूलाई नगरपालिकाले सम्बोधन गरिनेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

    नेकपा माओवादी केन्द्र टोखा नगर समितिले टोखा नगरपालिकालाई बुझाएको ज्ञापन पत्र:

    Facebook Comments Box