टोखा टाइम्स, ६ असार । टोखा नगरपालिकाको सत्रौं नगरसभाको अधिवेशन सुरु भएको छ । बिहिबार एक समारोहका बीच नगर प्रमुख प्रकाश अधिकारीको सभाध्यक्षमा सत्रौं नगर अधिवेशन सुरु भएको हो ।
नगरसभाको पहिलो वैठकमा उपप्रमुख तामाङ , वडाध्यक्षहरू, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आर्थिक वर्ष ०८२/८३ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गर्नु भएको थियो ।
टोखा नगरपालिकाको आ.व २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)