• टोखा नगरपालिकाको आ.व २०८२/८३ को बजेट १ अर्ब ८० करोड

    टोखा टाइम्स, ८ असार, काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

    आईतबार उपप्रमुख मुरारी तामाङले १७ औं नगरसभाको दोस्रो बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालु तर्फ रु ७७ करोड ८६ लाख ८६ हजार (४३.२६ प्रतिशत), पूँजीगत तर्फ रु. १ अर्ब २ करोड ३ लाख १४ हजार ( ५६.६८ प्रतिशत) र वित्तीय व्यवस्था तर्फ रु. १० लाख (०.०६ प्रतिशत) बजेट विनियोजन गरिएको हो ।

    आगामी आर्थिक वर्षको लागि व्यहोर्ने स्रोततर्फ संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व वाँडफाँडवाट रु. ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २३ करोड, आन्तरिक एवं अन्य आयवाट रु. ३५ करोड २३ लाख १८ हजार, जनसहभागिताबाट ७५ लाख र चालु आर्थिक बर्ष बाट अल्या हुने रकम रु. ४८ करोड बाट व्यहोरिने  बताएको छ ।

    चालु आ.व.मा नगरपालिकाले १ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    Facebook Comments Box