
टोखा टाइम्स, ४ भाद्र । भूमी अधिकारी संरक्षण संघर्ष समिति, टोखाको अगुवाइमा आज बुधबार सपनतिर्थ खोला मापदण्ड सम्बन्धमा सपनतिर्थ मन्दिर परिसरमा बसेको विशेष भेलाबाट शान्तमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय भूमी अधिकारी संरक्षण संघर्ष समिति, सपनतिर्थ खोला मापदण्ड समिति गठन गरिएको छ ।
नव गठित समितिको उपाध्यक्षमा द्वय सुरेन्द्र लवट र गोविन्द श्रेष्ठ, सचिवमा सानुबाबु श्रेष्ठ, कोषाध्यक्षमा माईला श्रेष्ठ रहेका छन्। भने, सदस्यहरूमा गणेशमान डंगोल, ग्याम्छो लामा, सागर लवट, सुसन श्रेष्ठ, ईश्वर राज श्रेष्ठ, रिजन डंगोल, श्याम कृष्ण श्रेष्ठ, श्याम कृष्ण डंगोल, धर्मेन्द्र श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन ।
भूमी अधिकारी संरक्षण संघर्ष समिति, टोखाका अध्यक्ष पञ्च श्रेष्ठको अगुवाइमा बसेको उक्त विशेष भेलामा केन्द्रीय अध्यक्ष (पुर्व भुमी आयोगका अध्यक्ष) श्याम कृष्ण प्रजापति, मातृभाषा संरक्षण समितिका अध्यक्ष श्रीकृष्ण मानान्धर, नेवाः ग्वाहालि पुच तथा सपनतीर्थ खोला मापदण्डका पीडित सयैं संख्यामा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।
विभिन्न समयमा सरकारले ल्याएको मापदण्डले भुमीपुत्र स्थानीय रैथानेहरू विस्थापित गर्दै र बनाउने कार्य बीरूद्ध उपत्यकाबासी खोला मापदण्ड पीडितहरू अब एक ढिक्का भई वृहत् आन्दोलनको नै अन्तिम विकल्प भएको भेलामा वक्ताहरूले व्यक्त गरेका थिए ।
बागमती, विष्णुमती लगायत उपत्यकाका प्रत्येक खोला मापदण्ड पीडितहरूको समिति गठन गरि सरकारलाई दबाब दिने उद्देश्यले उभियानको रूपमा अगाडि बढिरहेको छ ।