२०८२ असोज १२, टोखा टाइम्स, काठमाडौँ। जापानी भाषा शिक्षक संगठन नेपाल (जाल्टान) को २७ औं वार्षिक साधारण सभा बाट नयाँ नेतृत्व चयन गरेका छन्। होटल क्राउन इम्पेरियल रबिभवन, काठमाडौँमा सम्पन्न कार्यक्रममा नोजोमी जापानी भाषा स्कुलका प्रिन्सिपल श्री सजंय श्रेष्ठको अध्यक्षतामा सदस्यीय कमिटी सर्वसम्मत चयन गरेका थिए ।
उपाध्यक्षहरुमा विजय लाल सिंह र बिक्रम जुगिजु श्रेष्ठ, सचिवमा रबि श्रेष्ठ, सह सचिवमा जुनिता राजभण्डारी, कोषाध्यक्षमा प्रजन श्रेष्ठ, सह कोषाध्यक्षमा चिरन शाही चयन गरेका थिए।
त्यस्तै, सदस्यमा कमला राई लामा, मेधंकर बज्राचार्य र जय राम महर्जन चयन भएका थिए।
निवर्तमान अध्यक्ष राजेन्द्र के सी सहित एघार सदस्यीय कार्यसमितिको चयन गरिएको थियो।
जाल्टानको नवनिर्वाचित कार्य समितिले २०८२ असोज ११ गते शनिबार नै प्रमाणपत्र बुझ्दै पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए ।
जापानी भाषा शिक्षक संगठन नेपाल (जाल्टान) को २७ औं वार्षिक साधारण सभामा सन् २०२३ देखि २०२५ सम्म बिभिन्न कार्य समितिमा रही योगदान गर्नु भएका सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।






#जाल्टान