टोखा टाइम्स, कात्तिक २, २०८२ आइतबार । नेवाः गुथि टोखाले स्थानीय इन्जिनियर पास गरेका ईन्जिनियरहरुलाई सम्मान गर्ने भएको छ । नेवाः गुथि टोखाले नेपाल सवत् ११४६ न्हुदँ भिन्तुना कार्यक्रममा टोखाका स्थानीय इन्जिनियर पास गरेका इन्जिनियरहरुलाई सम्मान गर्न लागेको हो ।
नेवा: गुथि टोखाका अध्यक्ष रमेश नापितले सूचना जारी गरी टोखा स्थानीय इन्जिनियर पास गरेकाहरुले नाम टिपाउन अनुरोध गरेका छन् । ‘ने.सं. ११४६ न्हुदँ भिन्तुना कार्यक्रममा ऐतिहासिक तोखाका इन्जिनियरहरुलाई सम्मान गर्ने कार्यक्रम भएकोले इन्जिनियरिङ एशोसियनका अध्यक्ष अष्ट श्रेष्ठ मार्फत सम्पर्क समन्वय गरी नाम समावेश गरिदिनुहुन अनुरोध गर्दछु ।’ सूचनामा भनिएको ।
बृहत् साँस्कृतिक र्यालि तथा साँस्कृतिक कार्यक्रम
नेपाल सवत् ११४६ नयाँ वर्षको अवसरमा नेवाः गुथि टोखाले बृहत् साँस्कृतिक र्यालि तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेभएको छ । कार्तिक ५ गते बुधबार सरस्वती चौरमा आयोजना हुने कार्यक्रममा बृहत् साँस्कृतिक र्यालि पश्चात सम्मान तथा विविध कार्यक्रमको आयोजना हुने नेवाः गुथिले जनाएको छ । कार्यक्रम बिहान ७:३० बजेदेखि सुरुहुनेछ ।