टोखा टाइम्स। काठमाडौँको वसन्तपुरमा चिरोत्थान गरिएसँगै आजदेखि देशभर होली पर्व औपचारिक रूपमा सुरु भएको छ।
मङ्गलबार बिहान ७:१३ बजेको शुभ साइतमा वसन्तपुर दरबार क्षेत्र मा तीन छत्रे होलीको चीर ठड्याइएपछि होली पर्व प्रारम्भ भएको हो। हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने परम्परा रहँदै आएको छ।
चीर ठड्याएसँगै राजधानीसहित देशभर फागु पूर्णिमासम्म विभिन्न सांस्कृतिक कार्यक्रम, रङ खेल्ने तथा आपसी सद्भाव साटासाट गर्ने गतिविधि सञ्चालन हुनेछन्।
धार्मिक मान्यता अनुसार चीर दहन गरेपछि औपचारिक रूपमा होली समापन हुने परम्परा छ। होलीलाई असत्यमाथि सत्यको विजय र आपसी मेलमिलापको पर्वका रूपमा मनाइन्छ।




