टोखा टाइम्स, काठमाडौँ । सुख, शान्ति ,आन्नद र स्वस्थ जीवनका लागि ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र टोखाको आयोजनामा त्रिदिवशीय निःशुल्क राजयोग कार्यक्रम हुने भएको छ ।
ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र टोखाको सभा हलमा हुने उक्त कार्यक्रममा ग्लोबल मोटिभेशन स्पिकर ब्रह्माकुमार रमण नेपालीबाट प्रशिक्षण हुने ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र टोखाकी ब्रह्माकुमारी गंगा दिदीले जानकारी दिनुभयो ।
हाम्रो जीवनमा दैनिक भाग दौडका कारण मानसिक तनाव, मनमा बेचैनी हुने गर्छ शरिरमा विभिन्न रोगहरु लाग्ने गर्छ । त्यसको निराकरणको लागि अझ भनौँ जीवनमा सुख, शान्ति, आन्नद र स्वस्थ जीवनको लागि योगले महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । टोखाबासीको स्वस्थ जीवनको लागि आयोजित कार्यक्रममा सहभागि हुन इच्छुकहरुलाई उप-सेवा केन्द्र टोखाकी ब्रह्माकुमारी गंगा दिदीले अनुरोध गर्नुभयो ।
कार्यक्रम हुने ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र टोखामा यही जेष्ठ ६ गते शुक्रबारदेखि ८ गते विहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।