• सरस्वती माध्यमिक विद्यालय टोखाको कक्षा सञ्चाल सम्बन्धी जरुरी सूचना

    टोखा टाइम्स, बैशाख २० । टोखाको सरस्वती माध्यमिक विद्यालयले विद्यालयको कक्षा सञ्चालन सम्बन्धी जरुरी सूचना जारी गरेको छ । विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षाको केन्द्र परेका कारण वैशाख २१ गते आइतबार देखि ज्येष्ठ २ गते शुक्रबारसम्म कक्षा शिशुदेखि १० सम्मको नियमित पठनपाठनको समय परिवर्तन हुने सूचनामा भनिएको छ ।

    विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ – ‘यस विद्यालयको शैक्षिक सत्र २०८२ को कक्षा शिशुदेखि १० सम्मको नियमित पठनपाठन, राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षाको केन्द्र परेका कारण वैशाख २१ गते आइतबार देखि ज्येष्ठ २ गते शुक्रबारसम्म शिशुकक्षा देखि कक्षा ३ बिहान ११:३० बजेदेखि ४:०० बजे सम्म र कक्षा ४ देखि कक्षा १० सम्मको ५:०० बजेसम्म पढाइ हुने व्यहोरा जानकारी गराइन्छ । साथै यसबाट अभिभावकज्यूहरू एवम् विद्यार्थीवर्गमा पर्न गएको असुविधाप्रति विद्यालय क्षमाप्रार्थी छ ।’

    Facebook Comments Box