• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ असार २०७९, आईतवार


    बिज्ञापन
  • टोखामा मानव बेचविखान तथा नियन्त्रण सम्बनधी नगर स्तरिय छलफल कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपािलकामा मानव बेचविखान तथा ओसारपसार नियन्त्रण सम्बनधी नगर स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
    टोखा नगरपािलकामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख प्रकाश अधिकारीले गर्नुभएको थियो ।
    कार्यक्रममा छलफलको क्रममा शान्ता ढकालले शान्ति फाउन्डेसनको मुख्य उदेश्य मानव बेचविखान र श्रम शोषणालाई न्युन बनाउने रहेको उहाँले जनकारी दिनुभयो ।
    बिदेशमा मात्र नभएर देश भित्रै मानव बेचबिखन, यौन शोषाण र श्रम शोषणा भएको उहाँको भनाई छ ।

    यस्तो कार्यलाई नियन्त्रण गर्नको लागि नगर र वडा बाट प्रप्याप्त बजेट छुट्टाउनु आवश्यक रहेको उहाँको तर्क छ ।
    साथौ धेरै मानवबेचिबखनमा १५ देखि २० बर्ष का बालबालिका धेरै भएकाले स्कुलमा मानव बेचविखान तथा ओसारपसार नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने आवश्यक रहेको ढकालको भनाई छ ।

    कार्यक्रममा आफ्नो बिचार राख्ने क्रममा उपस्थित प्रतिनिधिले बेचबिखन बाट पिडित लाई वडा नगर ले उचित रोजगारको प्रबन्ध गर्न सम्बन्धित निकाय ले ध्यान दिनुपर्ने बताए । वैदेशिक रोजगार मा जादा मान्यता प्राप्त कम्पनी बाट मात्र जाने प्रबन्ध गर्नुपर्ने र मानव वेचबिखन मा यौन हिंसा मात्र नभएर श्रम शोषणा जस्ता धेरै विषय रहेकाले नियमन निकाय ले ध्यान दिनुपर्ने भनाई छ ।
    त्यस्तै उपस्थित प्रतिनिधिले मानव बेचविखन बाट फिर्ता भएको नागरिक लाई आवसग्रीह को प्रबन्ध सरकारले गर्नु पर्ने र मानव बेचबिखन बाट फिर्ता आएका मानिस को पहिचान गोप्य रख्नु पर्न सुझाव दिनुभयो

    कार्यक्रममा होटेल व्यवसािय संघ काठमाडौ का अध्यक्ष वीर बहादुर खितवडाले काठमाडौं को वसपार्क मा नेपाल र बिदेश बाट सम्पुर्ण मानिस को आवज जावत हुने हुँदा मानव बेचबिखन हुने सम्भावना धेरै रहको उहाँ ले जानकारी दिनुभयो ।

    कार्यक्रम मा आफ्नो धारणा राख्दै नगर प्रमुख प्रकाश अधिकारीले मानव बेचविखान सम्बन्धि कार्यक्रम को तालिका निमार्ण गरि काम गर्नुपर्ने र कार्यक्रम गर्द जनता ले महसुस गर्ने कार्यक्रम बनाउन जोड दिनुभयो । बेरोजगारी को समस्या समाधन पछी मानव बेचिबखनमा कमि आउने अधिकारीको भनाइ छ ।
    बेचविखानमा परेका लाई आश्रय दिनको लागि आश्रय स्थल बनाउन पहल गर्न नगर प्रमुखले बताउनु भयो ।
    मानव बेचबिखन कम गर्न को लागि यस्को जरौ बाट निर्मुल गर्न उपाय खोज्नु पर्ने उहाँ को धारणा छ ।

    उक्त कार्यक्रममा दोखा वडा नं ७ का अध्यक्ष नरोतम राना, महानगरीय प्रहरी प्रभाग, नयाँ वसपार्कबाट प्रहरी नायव निरिक्षक अन्नत कर्की, प्रहरी वरिष्ठ हवल्दार शिव प्रसाद रेग्मी, सायरा परिवार, माधव प्रसाद भटराई, बेखा नारायण डंगोल, वीर बहादुर खितवडा, पुजाँ तामाङ, अन्नत कार्की, सृजना आर्चाय, सावित्रा न्यौपाने, विमला वाग्ले, किशोर थापा, पवित्रा पाण्डे, जगधिस अधिकारी को उपस्थित थियो ।

    Facebook Comments Box