• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ माघ २०७८, बिहीबार


    बिज्ञापन
  • एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण

    काठमाडौं: नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ। कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

    त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ।

    Facebook Comments Box