• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३२ असार २०७९, शनिबार


    बिज्ञापन
  • श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्षमा पुनः जोशी चयन

    टोखा टाइम्स, काठमाडौँ । श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्षमा पुनः धुव्रराज जोशी चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न चौथौँ साधारण सभा एवं अधिवेशनले जोशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा गगन कुमार श्रेष्ठ, सचिवमा प्रदिप श्रेष्ठ, सहसचिवमा नरायण खत्री, कोषाध्यक्षमा हरिप्रसाद डंगोल, सहकोषाध्यक्षमा विजय लक्ष्मी श्रेष्ठ, सदस्यहरुमा तिर्थ माया श्रेष्ठ, हरिमाया श्रेष्ठ, बालमुकुण्ड खत्री, सुकु नारायण श्रेष्ठ, बालीराज श्रेष्ठ, विकास जोशी रामलाल श्रेष्ठ र मोतिलाल श्रेष्ठ रहेका छन् ।यस्तै संस्थाको सल्लाहकारमा मंगलबहादुर  कर्माचार्यलाई चयन गरिएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफु पहिलो पटक निर्वाचित पश्चात आउँदा प्रकितिले दिएको अनुपम छटाले भरिएको ऐतिहासिक धार्मिक स्थलमा रहेको अधुरा विकास निर्माणका कार्य देख्दा मर्माहित भएको भन्दै नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म आर्थिक सहयोग गरेको बताएका थिए । उनले आउँदा दिनमा पनि सहयोग गर्ने बताएका थिए ।

    उनले जनताको अपार माया र सहयोगका कारण आफु पुनः दोस्रो पटक टोखाको नगर प्रमुखमा निर्वाचित भएको भन्दै आम नगरबासीको अपेक्षा र चाहानलाई पुरा गर्न हरसम्भव प्रयास गर्ने समेत बताएका थिए । नगर प्रमुख अधिकारीले सबै जनप्रतिनिधिहरु जनताको अपेक्षा र चाहनालाई ध्यानमा राखेर अगाडि बढ्नु पर्नेमा जोड् दिएका थिए ।

    कार्यक्रममा सभापति तथा समितिका अध्यक्ष धुव्रराज जोशीले चण्डेश्वरी मन्दिर परिसरमा विकास निर्माणका कामहरु अगाडि बढि रहेको भए पनि धेरै काम आर्थिक अभावका कारण अधुरा रहेको बताएका थिए । उनले नगर तथा प्रदेश सरकारका प्राविधिकका कारण निर्माणका कार्यहरु गर्न कठिन भैरहेको भन्दा यस तर्फ पनि ध्यान दिनु पर्नेमा जोड् दिएका थिए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिँदै कुशासनलाई त्यागेर सुशासनमा ध्यान दिएर आगाडि बढ्नु पर्ने बताएका थिए ।

    समितिले आफ्नो साधारण सभाको अवसरमा नवनिर्वाचित नगर प्रमुख उपप्रमुख टोखा १,२ र ३ का जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

    चण्डेश्वरी मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखाका मुल नाय हेमराज श्रेष्ठ, टोखा १ का वडाध्यक्ष रमेश लामिछाने, टोखा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा ३ का अध्यक्ष रमेश डंगोल, टोखा १ का निवर्तमान अध्यक्ष श्रीकृष्ण अधिकारी, पुर्व चण्डेश्वरी गाविसका अध्यक्ष कशिनारायण श्रेष्ठ, माईला डंगोल, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित टोखा संस्कृति संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमा चण्डेश्वरी गाविसका पुर्व अध्यक्ष कशिनारायण श्रेष्ठ माईला डंगोल र टोखाका मुनाय हेमराज श्रेष्ठले कार्यक्रममा बोल्दै धार्मिक साँस्कृतिक पुरात्वातिक महत्व बोकेको चण्डेश्वरी मन्दिर परिसरको महिमालाई व्यापक प्रचार प्रसार गर्नु पर्ने भन्दै यस धार्मिक स्थाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी अगाडि बढ्न स्थानीय सरकारले विशेष जोड् दिएर आश्यक बजेटको व्यवस्था गरी मौलिक संरचनाहरुको निर्माण गरेर अगाडि बढ्नु पर्नेमा जोड् दिएका थिए ।

    Facebook Comments Box