टोखा टाइम्स, काठमाडौं । टोखा चण्डेश्वरी अस्पतालमा मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड टोखाका शेयर सदस्यहरुको पूर्ण स्वास्थ्य परीक्षण शुभारम्भ भएको छ ।
परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले रोगहरु बढ्दै गएको परीपेक्षमा मिर्मिरे सहकारीले आफ्ना शेयर सदस्यहरुको सुस्वास्थ्यका साथै स्थानीयस्तरमा रहेको सामुदायीक अस्पतालको सेवा सुविधाको उपभोग गरी अस्पतालको प्रचारप्रसार गर्ने उद्देश्यले सहकारीका शेयर सदस्यहरुको पूर्ण स्वस्थ्य परीक्षणको कार्यक्रम आयोजना गरिएको सहकारीका सचिव शैलेश डंगोलले बताए ।
आइतबार सहकारीका अध्यक्ष कृष्णमान श्रेष्ठले स्वास्थ्य परीक्षण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । कुल चार सय ३ जना शेयर सदस्य रहेकोमा दैनिक २० जना शेयर सदस्यहरुको स्वस्थ्य परीक्षण गरिने सचिव डंगोलले जानकारी दिए ।
आफ्ना शेयर सदस्यहरुको पूर्ण स्वास्थ्य परीक्षणका लागि स्थानीय अस्पताल नै छानेकोमा आफूहरु उत्साहित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले बताए ।
स्थानीयबासी, स्थानीय संघसंस्थाहरुले यसरी नै सामुदायीक अस्पताललाई माया गरेर हातेमालो गर्दे अगाडि बढ्न सके टोखा र यसका आसपासका जनताले सुपथ मुल्यमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्ने समेत उनले बताए ।