• टोखा टाइम्स

    • प्रकाशित मिति:२९ श्रावण २०७९, आईतवार


    बिज्ञापन
  • गाईजात्रा २०७९ विशेष (फोटो फिचर)

    टोखा टाइम्स, काठमाडौँ ।  धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महत्वले भरिपूर्ण सापारु (गाईजात्रा) शनिबार सम्पन्न भएको छ ।  जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र शुक्ल शुक्ल प्रतिपदाका दिन यो पर्व मानिन्छ । गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गरी मनाइने यो पर्वको बारेमा १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आएको प्रमाणित हुन आउँछ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’ लगाइन्छ ।

    शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तर्नुपर्छ । वैतरणी तर्न गाईको पुच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ । यसरी मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ भने यस पर्वका बारेमा पद्मपुराणमा समेत उल्लेख छ । सांस्कृतिक जीवनका प्राचीन कालदेखि चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा र उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको देखिन्छ ।

    नेवाः गुथि तोखाले संक्लन गरी प्रकाशन गरेको पुस्तक अनुसार टोखामा गत वर्षको सापारुदेखि यस वर्षको जनैपूर्णिमासम्म  ४८ जना स्वर्गारोहन भएका छन् ।

    तस्वीरमा गाईजात्रा

    थप तस्वीर हेर्न यहाँ थित्चु होस् ।

    फोटोः सुकुरम श्रेष्ठ ,टोखा फोटो स्टुडियो

    Facebook Comments Box