• टोखा टाइम्स

    • प्रकाशित मिति:२ आश्विन २०७९, आईतवार


    बिज्ञापन
  • निर्वाचन प्रक्रिया आजबाट सुरु, समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

    टोखा टाइम्स, काठमाडौँ – आगामी मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

    दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा २२० सहित ३३० उम्मेदवार चयन गर्नेछन्।

    मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन्। जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक कोटाबाट आउँछन्।

    बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम २३ असोजमा सुरु हुनेछ ।

     

    Facebook Comments Box