• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ आश्विन २०७९, शनिबार


    बिज्ञापन
  • बिष्णाप सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बाबुराज डंगोल

    टोखा टाइम्स, काठमाडौँ । बिष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखाको अध्यक्षमा बाबुराज डंगोल चयन भएका छन् ।  सहकारीको शनिबार सम्पन्न ९ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट ११ सदसीय कार्यसमिति सहित डंगोलको प्यानल सर्वसहमत चयन भएको हो ।

    बिष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामराज श्रेष्ठको सभाध्यक्ष तथा बागमती प्रदेशका सांसद सीता अधिकारी दाहालको प्रमुख आतिथ्यमा टोखाको सद्भाव बैक्वेटमा सम्पन्न कार्यक्रमबाट शान्ता काजी श्रेष्ठ (उपाध्यक्ष), रामकाजी श्रेष्ठ (सचिव) र  साईला डंगोल (कोक्षाध्यक्ष) चयण भएका छन् ।

    त्यस्तै, कार्य समितिको सदस्यहरुमा सुरेन्द्र लवट, प्रमिला डंगोल, भिम डंगोल, हरि दास डंगोल, श्याम कृष्ण डंगोल, सुजिन्द्र डंगोल र शोभलाल डंगोल चयण भएका हुन ।

    उक्त भेलाबाट लेखा समितिमा सानुबाबु श्रेष्ठ (संयोजक), बाल कृष्ण श्रेष्ठ र सक्ली श्रेष्ठ (सदस्य) तथा अनिल श्रेष्ठ (ऋण शिक्षा समिति संयोजक) सकेत चयण गरेका छन् । भने, बाँकी समिति तथा सदस्य कार्यसमितिको बैठकबाट गठण तथा चयण गर्ने छन् ।

    १८ प्रतिशत लाभाशं वितरण गरिने

    संस्थाको नवौँ साधारण सभामा सञ्चालक समितिका कोषाध्यक्ष रामकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै २०७० साल भाद्र १९ गतेको दिन ५० जना शेयर धनीहरुको जम्मा पुँजी दुई लाख पचास हजारबाट स्थापना गरिएको यस संस्थामा हाल २४४ जना शेयर सदस्यहरु लाई गोलबद्ध गर्दै दुई करोड बयासी लाख अठहत्तर हजार पचास रुपैयाँ पुर्‍याउन सफल भएको बताए ।

    आर्थिक वर्ष २०७८/०७९ मा ७,०६,५९,६७९ ऋण लगानी भएको र ३८,६८,०१३.८९ खुद नाफ कमाउन सफल भएको समेत उनले कार्यक्रमा बताए । उनले शेयर सदस्यहरुलाई अधिकतम १८ प्रतिशत लाभाशं वितरण गर्ने समेत जानकारी गराए ।

    संस्थाका अध्यक्ष रामराज श्रेष्ठको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा  प्रमुख अतिथि बागमती प्रदेश सांसद सीता अधिकारी दाहाल, विशेष अतिथि प्रकाश अधिकारी (टोखा नगरपालिका प्रमुख), धर्मेन्द्र श्रेष्ठ (टोखा २ वडाध्यक्ष), रमेश डंगोल (टोखा ३ वडाध्यक्ष), सल्हाकार नानी बाबु डंगोल, आशा काजी डंगोल, संस्थापक अध्यक्ष नवीन डंगोल, कार्यसमिति सदस्य तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box