• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ माघ २०७८, शुक्रबार


    बिज्ञापन
  • भौतिक उपस्थितीमा विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल

    टोखा टाइम्स, काठमाडौँ । भौतिक उपस्थितीसहित विद्यालय सञ्चालन गर्ने या नगर्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भइरहेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनले भने, ‘अहिले छलफल भइरहेको छ । छलफलले केहि निर्णय गर्ला । ’

    बैठकमा शिक्षा मन्त्रालय, सीसीएमसी, प्याब्सन र अभिभावकका प्रतिनिधि सहभागी छन् । काठमाडौं उपत्यकाका केहि विद्यालयले सरकारको निर्णय अवज्ञा गर्दै भौतिक उपस्थितसहित पठनपाठन गराइरहेका छन् । कोरोना जोखिमलाई मध्येनजर गर्दै सरकारले भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्ने र भर्चुअल पठनपाठन गर्ने निर्णय गरेको थियो ।  साभारः अन्नपुर्ण पोष्ट

    Facebook Comments Box