• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० आश्विन २०७९, सोमबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरी अस्पतालमा शिवको मन्दिर शिलान्यास तथा सूचना वोर्ड हस्तान्तर कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखा – २ गलय् अवस्थित टोखा चण्डेश्वरी अस्पतालको प्रागङ्णमा शिवको मन्दिरशिलान्यास तथा अस्पतालमा उपलब्ध सेवा सहितको बोर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    आज विहान विधिवत रुपमा पूजा गरी अस्पताल व्यवस्थापन समितिका पुर्वअध्यक्ष दिपकराज जोशी, निर्वतमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टोखा २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ वडा सचिव आर्यन डंगोल, सबिना श्रेष्ठ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  विरिष्ठ डाक्टरु नवीन दर्नाल तथा अस्तपालमा कार्यरत कर्मचारी लगायतको उपस्थितिमा समितिका अध्यक्ष यूथ महर्जनले मन्दिरको शिलान्यास गरेका थिए ।

    उक्त मन्दिर चन्दा संकलन गरी निर्माण गरिने अध्यक्ष यूथ महर्जनले जानकारी दिए ।

    त्यस्तै, सोनिग प्रिन्टिङ्ग प्रेसले अस्तपलाको बिज्ञापनका लागि अस्तापलमा रहेको सेवा तथा सुविधाहरु समाबेश गरी तयार पारेको सूचना वोर्ड अस्पताल व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।

    सोनिग प्रिन्टिङ्ग प्रेसका प्रोपाइटर द्वय सञ्जु श्रेष्ठ र बिजेन्द्र श्रेष्ठले सो वार्ड अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनलाई हस्तान्तरण गरिएको हो । जसमा ३x२ १५ थान र ३x५ को ५ थान रहेको अध्यक्ष डंगोलले बताए ।

    उनले अस्पताललाई माया गरेर यहाँको सेवा सुविधाको प्रचारप्रसारका लागि देखाएको माया र सहयोगको कदर गर्दै सहयोगी हातहरुलाई धन्यबाद दिए । सामुदायिक अस्पतालाई सबै मिलेर  व्यवस्थित र  सुसम्पन्न  अस्पतालको रुपमा बिकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । उनले प्रादेशिक स्तरको अस्पताल भएकोले एक पटक अस्पतालमा आएर अवलोकन गरी  अस्पताललाई पुर्ण रुपमा व्यवस्थित गर्न आवश्यक सरसल्हार/ सुझाव  तथा सक्दो सहयोग गर्न  समेत सबैमा अनुरोध गरे ।

    Facebook Comments Box