• टोखा टाइम्स

    • प्रकाशित मिति:९ कार्तिक २०७९, बुधबार


    बिज्ञापन
  • आज नेपाल संवत् ११४३, नयाँ वर्ष विविध कार्यक्रम गरी मनायो

    टोखा टाइम्स, काठमाडौँ । नेपाल संवत् ११४३ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विविध कार्यक्रम गरी मनाइने प्रचलन छ ।

    नेवाः गुथि तोखाको आयोजनामा विविध कार्यक्रम गरी आज धुम्धामका साथ न्हुदँ (नयाँ वर्ष)को स्वागत गरेको छ । टोखा-२ को थनेलाछिमा आयोजना गरेको कार्यक्रममा वाङ्गमय तथा शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरमा माल्यापर्ण तथा श्रर्दाञ्जली कार्यक्रम पश्चात सांस्कृतिक तथा साँगितिक बाजागाजाका साथ शुरु भएको शुभकामना ‍र्‍याली टोखा नगर परिक्रममा गरी पुनः थनेलाछिमा पुगेर सम्पन्न भएको थियो ।

    सो र्‍यालीमा तलेजु गुथि तथा टोखा देय नायो हेमराज श्रेष्ठ, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, टोखा-२ र ३ का अध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ तथा रमेश डंगोल, जनप्रतिनिधि, नेवाःदेय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्रचार्य, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवाः गुथि तोखाका कार्यसमिति सदस्यहरु तथा टोखाका चलायमान सामाजिक संघसंस्था, सांस्कृतिक दाफा भजन खलः, विद्यालय, सहकारी लगायतका २ हजारौँभन्दा वढी प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताए । यसपटक न्हूदँ (शुभकामना) र्‍यालीमा हालसम्मकै सबैभन्दा बढी मानिसहरुको सहभागिता रहेको समेत उनले बताए ।

    नेवाः गुथि तोखाको आयोजनामा प्रत्येक वर्ष विविध कार्यक्रम गरी न्हुदँ (नयाँ वर्ष)भव्य रुपमा  मनाउँदै आइरहेको छ ।

    शुभकामना र्‍याली पश्चात सुरुभएको नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभाध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा र्‍यालीमा सहभागि दाफा भजनः खल तथा संघसंस्थाहरुलाई  कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले धन्यवाद पत्र प्रदान गरेका थिए ।

    त्यस्तै, आजै न्हुदँ हना खलः तोखाले पनि शुभकामना र्‍यालीका साथै क्वनेलाछिमा विविध कार्यक्रम गरी न्हुदँ मनाएको छ ।

    राष्ट्रीय विभूती शंखधर साख्वाद्वारा प्रवर्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तयर गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

    Facebook Comments Box