• टोखा टाइम्स

    • प्रकाशित मिति:२ मंसिर २०७९, शुक्रबार


    बिज्ञापन
  • आरोप पुष्टि गर्न एमाले अध्यक्ष दीपक निरौलाको चुनौती

    काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

    उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थलिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आफूमाथि अनावश्यक आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन् ।

    उनले आफू राजनीतिक मान्छे भएकाले गैरराजनीतिक कार्य कहिल्यै नगर्ने दाबी गरे । उनले आरोप लगाउनेहरुलाई सप्रमाण पुष्टि गर्न खुला चुनौती दिएका छन् । आफूमाथि अनावश्यक आरोप लगाई समाजलाई आतंकित नपार्न पनि उाले चेतावनी दिए ।

    Facebook Comments Box