• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ माघ २०७८, मंगलवार


    बिज्ञापन
  • नेकपा एकीकृत समाजवादिबाट तारकेश्वको मेयरमा लब बस्नेतको उम्मेदवारी घोषणा

    काठमाडौ । नेपाल एकीकृत समाजवादी पाटिबाट तारकेश्वर नगरपालिका मेयरमा लव कुमार बस्नेतले उम्मेदवारी घोषणा गरेका छन। सरकारले २०७९ बैशाख ३० गते नेपाल भर एक साथ स्थानीय तहको निर्वाचनको मिति तोके सगै अहिले  तारकेश्वर नगरका विभिन्न चोकचोक र चियापसलमा निर्वाचन र उम्मेदवारको चर्चा हुने गरेको छ।यसै क्रममा तारकेश्वरमा  स्थानीय तहमा विभिन्न राजनीति दलका नेताले मिडियाहरुमा  उम्मेदवारी घोषणा गने क्रम बढेको छ। निर्वाचन मिति घोषणा सगै तारकेश्वरमा राजनीति माहोल तातेको छ।

    को हुन त लवकुमार बस्नेत ?     

    वि स २०४९ सालमा र २०५४ सालमा काठमाडौ जिल्लाको साविकको मनमैजु गाविसमा नेकपा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित भई जनताको विचमा लोकपि्रय काम गरेका हुन । नेकपा एमालेमा मा विगत २०३६ साल देखि पाटि राजनीतिमा लागि सेवागर्दै आईरहनु भएको थियो  २०५८ सालदेखि२०७३ साल सम निरन्तर राजनीति सवर्दलीय समयन्त्रमा रहि काम गर्दै आईरहनु भएको थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन मा मेयरका दावेदार समेत रहेका बस्नेत लाई पाटिले टिकट दिएन। प्रदेश सभा निर्वाचनमा काठमाडौ क्षेत्र न ६ ख का लागि उम्मेदवार दर्ता गरेका थिए । तेसबेला नेकपा को गठबन्धन भएकाले पाटिले टिकट दिएन र उहाँलाई उम्मेदवारी फिता गर्न लगाएका थिए। हाल बस्नेत नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य तथा तारकेश्वर नगर कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँ तारकेश्वर नगरमा राम्रो छवि भएका र जनताको विचमा विकास का लागि काम गर्ने र जनताको हरेक समस्यामा साथ दिने नेता र लोकपि्रय नेताको रुपमा परिचित रहेका छन । बस्नेतले तारकेश्वरको मेयरमा उम्मेदवारी भए जित निश्चित भएको तरकेश्वर नगरका स्थानीयबासीहरु दावि गर्छन।

    Facebook Comments Box