• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ मंसिर २०७९, बिहीबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरी अस्पतालको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखामा अवस्थित टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालले एक कार्यक्रम बीच नव आगन्तुक कर्मचारीहरुको स्वागत तथा पूर्व कर्मचारीहरुको फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यूथ महर्जन तथा मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले यस अस्पतालमा कर्मथलो बनाएर आउने नयाँ कर्मचारीहरुको स्वागत तथा सरुवा तथा बढुवा भई अन्यन्त्र सरुवा हुने पूर्व कर्मचारीहरुलाई बिदाई गरेका हुन ।

    कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले पूर्व कर्मचारीहरुले आफ्नो कर्तव्य र जिम्मेवारीलाई राम्रोसँग निर्वाह गरेको भन्दै धन्यवाद दिदै नयाँ कर्मचारीहरुले  पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई निर्वाह गर्दै जनताको सेवामा समर्पित भएर लाग्नेमा आफु विश्वास्त रहेको बताए ।

    त्यस्तै, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले कार्यक्रममा बोल्दै सबै कर्मचारीहरु एकआपसमा सहकार्य गर्दै अस्पताल र जनताको सेवामा दत्तचित्त भएर लाग्नु पर्नेमा जोड् दिए ।

    उनले उक्त कार्यक्रममा अस्पतालको विगत र वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै भावि कार्यक्रम तथा योजनाहरु समेत प्रस्तुत गरेका थिए ।

    Facebook Comments Box