• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ पुष २०७९, बुधबार


    बिज्ञापन
  • टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता पुष १५ देखि

    टोखा टाइम्स, काठमाडौँ । टोखामा पहिलोपटक ‘टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता’ हुने भएको छ । टोखा युवा क्लवको आयोजना तथा टोखा नगरपालिका र टोखा युवा बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सहयोगमा  पुष १५ र १६ गते बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।

    सहभागी हुन चाहने खेलाडीले यही पुष १४ गतेसम्म नाम दर्ताको लागि महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई ५ सय र बाँकीको लागि १ हजार रुपैया शुल्कसहित दर्ता गर्न सकिने ब्यबस्था मिलाइएको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    संयोजक रण बहादुर डंगोलका अनुसार खुल्ला प्रतियोगिता तर्फ पहिलो हुने खेलाडीले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ७ हजार, पाचौँ हुनेले ६ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, प्रतियोगितामा छैटौं देखि दशौ स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीले ४/४ हजार पुरस्कार पाउनेछन् ।

    यसैगरी, उत्कृष्ट टोखा तर्फ प्रथमले ५ हजार दोस्रोले ३ हजार र तेस्रोहुनेले २ हजार पाउनेछन् । उत्कृष्ट एकजना खेलाडी, उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास (५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले ३ हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिता टोखा नगरपालिका ३ नम्वर वडा कार्यालयको सभाहलमा हुनेछ ।

    (नाम दर्ताको लागि सम्पर्क नम्बरहरु ९८५१०७४८५९ / ९८४९०८०१३४ /९८४१४३२९४२)

    Facebook Comments Box