• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ पुष २०७९, शनिबार


    बिज्ञापन
  • टोखा साहित्य दबूको साहित्य लेखन कार्यशाला गोष्ठी सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखा साहित्य दबूद्वारा आयोजिक साहित्य लेखन कार्यशाला सम्पन्न भएको छ । दबूले शनिबार एक कार्यक्रमको आयोजना गरी १० दिने साहित्य लेखन कार्यशालाको समापन गरेको हो ।

    कार्यशालामा सहभागीलाई टोखाको धार्मिक मुर्त सम्पदाहरु मठमन्दिरहरुको बारेमा शोध तथा गहन खोज अनुशन्धानबाट प्राप्त तथ्यहरुलाई पुस्तकको रुपमा अभिलेखिकरण गर्ने उद्देश्यले लेख्नशैली सम्बन्धी १० दिने कार्यशालाको आयोजना गरिएको दबूका अध्यक्ष बाबुलाल डंगोलले बताए ।

    ‘टोखामा रहेका मठमन्दिरहरुको बारेमा हालसम्म कुनै पनि प्रस्तरुपमा लेखिएका अभिलेखहरु छैनन् । यस कार्यशालाले त्यसको शूरुवाट गर्ने जम्क्रो गरेका छौँ ।’ उनले भने ।

    ‘ऐतिहासिक नगरी टोखा धार्मिक मुर्त सम्पदाको धनी भएर पनि त्यसको बारेमा कुनै पनि दस्तावेजहरु जान्न खोज्न चाहेमा त्यसको बारेमा कुनै पनि अभिलेखहरु नभएको वर्तमान अवस्था छ, त्यसको अभिलेख राख्ने कार्यको थाल्नी यो कार्यशालाले गरेको छ ।’ , अध्यक्ष डंगोले कार्यक्रममा बताए ।

    टोखा नगरपालिका ३ वडाको वडास्तरी बजेटबाट सञ्चालन भएको  १० दिने कार्यशालामा शिक्षक तथा साहित्यकार प्रभात सापकोटा (शिव सर)ले लेखनका सैद्धान्तिक पक्ष, स्वरुपका साथै अनुशन्धानात्मक लेखनका सीपबारे सहजीकरण गरेका थिए । त्यस्तै, त्रिभुवन विश्व विद्यालय नेपाल भाषा विभाग प्रमुख डा.चुण्डा वज्रचार्यले समेत शोधको महत्व र लेखन शैलिको बारेमा सहजीकरण गरेकि थिइन् । कार्यशाला अवधिभर विभिन्न विज्ञ तथा पुरात्तव विभागमा गएर लेखाको बारेमा लेखिएका अभिलेखहरुको समेत स्थालगत अवलोकन गराएका थिए ।

    समापन कार्यक्रमका विशेष अतिथि टोखा-३ का वडाध्यक्ष रमेश डंगोलले यस प्रकारका कार्यक्रमले टोखाको धार्मिक सम्पदाहरुको लुकेर रहेको महत्वको बारेमा थप जानकारी पाउन सकिने भएकाले यसले टोखाको धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    ‘हामीमा भौतिक पूर्वाधारहरुको विकासलाई मात्र विकास भनि रहेका छौँ । चेतनाको विकास विना समाजको विकास नहुने समेत उनले झिकिर गरे । वडाले यस्ता कार्यकालागि नगरपालिकाको नीति नियमले दिएसम्मको सहयोग गर्ने वचनबद्धता दिन चाहन्छु ।’, उनले भने ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय नेपाल भाषा विभाग प्रमुख डा.चुण्डा वज्रचार्यले डा. शोध गर्नु सानो कुरा होइन यो एकै चोटी खरर लेख्ने चिज पनि होइन यसका लागि धेरै समय लाग्ने गर्दछ टोखा साहित्य दबूले प्राचीन टोखामा रहेका सम्पदाहरुको शोधमुलक लेखन कार्यशाला टोखाको लागि निकै उपलब्धीमुलक हुनेमा विश्वस्त गरेको बताईन ।

    कार्यशलामा सहभागिहरुले टोखामा रहेका मठमन्दिहरुकोबारेमा शोध कार्य अगाडी बढाउँदा त्यस सम्बन्धी कुनै पनि अभिलेख नभेटिनु सम्बन्धित खलकहरुसँग पनि यथोचित जानकारी नहुन जस्ता समस्यहरु भोग्नु परेको अनुभावहरु सुनाएका थिए ।

    कार्यक्रममा प्रभात सपकोटालाई टोखा साहित्य पुरस्तकारबाट सम्मान गरेका थिए । त्यस्तै, कार्यशालमा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

    समापन कार्यक्रमा टोखा संस्कृत क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवाःगुथि टोखाका महासचिव हेरकाजी डंगोल, टोखा सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोल लगाएको सहभागिता रहेको थियो ।

    Facebook Comments Box