• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ पुष २०७९, बिहीबार


    बिज्ञापन
  • टोखा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स । ‘टोखा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०७९’ बिहीबार सम्पन्न भएको छ । टोखा नगरपालिका २ वडा कार्यालको सहयोगमा फ्रेन्डशिप ग्रुप अफ टोखाले नगर स्तरको उक्त प्रतियोगिता पुष २७ गतेदेखि टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा गरेको हो ।

    उक्त प्रतियोगितामा खुल्ला मेनस डबल (सी) र  (डी) दुई समूहका खेल खेलाएको थियो ।

    बिहीबार क्लबका अध्यक्ष रोहित श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा बिजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगिताको मेनस डबल (सी) समुह तर्फ थाम राणा र रमेश ठकुरीको जोडी प्रथम भएका थिए । भने, मेनस डबल (डी) समुह तर्फ आयोजक टिम बुद्ध डंगोल र शोखराज डंगोलको जोडी प्रथम भएका थिए ।बिजयी जोडीले क्रमशः २५ हजार नगद र २० हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    May be an image of 7 people, people standing and indoor

     

    Facebook Comments Box