• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ पुष २०७८, मंगलवार


    बिज्ञापन
  • माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

    काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

     

    मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको जानकारी दिए।उनले सीसीएमसीको निर्णय कार्यान्वयनमा लग्दै मन्त्रालयले त्यसको सूचना जारी गर्ने बताए।

     

    यसअघि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालयमा बिदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो।

    Facebook Comments Box