• टोखा टाइम्स

    • प्रकाशित मिति:१ भाद्र २०८०, शुक्रबार


    बिज्ञापन
  • एसिया रग्बी यू-२० सेभेन्स शनिबारबाट, उद्घाटनको पहिलो खेलमा नेपाल र भारत भिड्दै

    टोखा टाइम्स, काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र नेपाली टिम पनि तयार रहेको जानकारी गराएको छ ।

    प्रतियोगितामा एसियाका ७ राष्ट्र नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता हुनेछ । जसमा पुरुषतर्फ सहभागि सातवटै राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ नेपालसहित थाइल्याण्ड, हङकङ र मलेसियाको सहभागिता हुनेछ ।

    पुरुषतर्फ दुई पुलमा विभाजन गरेर लिगमा नकआउटका आधारमा खेल हुने र महिलातर्फ सिंगल राउण्ड रोविन लिगका आधारमा खेल हुने संघले जनाएको छ । पुरुषतर्फ नेपाल, भारत, मलेसिया र हङकङ समूह बी मा छन् भने थाइल्याण्ड, उज्वेकिस्तान र चाइनिज ताइपेई समूह ए मा छ ।

    उद्घाटन खेलमा पुरुषतर्फ नेपाल र भारत भिड्ने छन् । उक्त खेल शनिबार बिहान १० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

    पहिलो दिनै पुरुष टोलीले मलेसियासँग पनि खेल्नेछ । नेपाली महिला टोलीले पहिलो दिन हङकङसँग पहिलो खेल खेल्नेछ । महिला टिमले पहिलो दिनै मलेसिया र थाइल्याण्डसँग पनि खेल्नेछ ।

    महिलातर्फ नेपालले दोस्रो दिन फेरि तीनवटै राष्ट्रसँग खेल्नेछ । दुई दिने प्रतियोगितामा कूल ३१ खेल हुनेछ । हरेक खेल १५ मिनेटको हुनेछ । पुरुषतर्फ लिग चरणको खेलपछि सेमिफाइनल र फाइनल हुनेछ । महिलातर्फ भने डबल राउण्ड रोविनपछि शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ ।

    नेपाली रग्बी इतिहासमा नेपालमा आयोजना हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि नेपालमा यू-१८ सेभेन्स आयोजना भएको थियो भने यू-२० पहिलो पटक हुन लागेको हो ।

    Facebook Comments Box