• टोखा टाइम्स

    • प्रकाशित मिति:६ भाद्र २०८०, बुधबार


    बिज्ञापन
  • ग्यारन्टी – १००% ! 

    यो पढ्न छुट्योभने ठूलोकुरा गुम्ने छ । त्यसैले डायरीमा टिपेर राख्नोस्, मनन गर्नुहोस् र सक्नुहुन्छ भने अभ्यासमा लैजानुहोस् ।

    १.  अहिलेको अभाव, समस्या, दौडधुप, विषाक्त वातावरण, जीवनशैली, खानपान र प्रतिस्पर्द्धाको दुनियाँमा तनाव, चिन्ता र दुख नहुने सायद कोही छैन । अधिकांश मान्छे रोगी र दुखी छन् र दुख र रोगको कारण उनीहरू आफै हुन् र त्यसको समाधान र आफ्नो शान्ति, सुख र प्रगति पनि पूर्णत: उनीहरूको आफ्नै हातमा छ ।

    २.  मान्छे जन्मदासाथ सास फेर्नथाल्छ र जब मर्छ उसको सास पनि बन्दहुन्छ । साँच्चै भन्ने हो भने श्वास नै जीवन हो । यसैले सम्पूर्ण शरीरलाई चलायमान बनाएको छ । भन्नाले, प्राणवायु त्यो शक्ति हो जसले हामीलाई जीवन, गति र आयु प्रदान गर्छ ।

    ३.  मान्छे खाना बिना पूरा १ महिना बाँच्न सक्छ, पानी थोपो नखाई ५/७ दिन बाँच्न सक्ला तर सासफेर्न नपाए ४ मिनेटमै हाम्रो ब्रेनडेथ भइसक्छ र हामी मर्छौं । हावामा भएको अक्सिजन हाम्रो प्राणवायु अर्थात् जीवन हो । रोगव्याधिले सताउने अक्सिजनको अभावले नै हो र शरीरका प्राय: सबै रोग र संक्रमणको औषधि पनि अक्सिजन नै हो ।

    ४.  हाम्रो सासफेर्ने तरिका अनुसार नै हाम्रो विचार, भावना र मनस्थिति बन्छ भने अर्कोतर्फ हाम्रो मनस्थिति जस्तो हुन्छ सासफेर्ने तरिका पनि त्यसै अनुसारको हुनजान्छ । यी दुई परस्पर अन्तर्सम्बन्धित छन् र यिनीहरूको यही परस्पर सम्बन्धमा नै हाम्रो स्वास्थ्यको रहस्य लुकेको छ । सासफेर्ने तरिका बदल्दा मात्रै पनि हामीले सजिलै रोगमुक्त दीर्घजीवन पाउन सक्छौं । सासफेर्ने गलत ढङ्ग नै हाम्रो रोगको जड कारण हो सासफेर्ने ढङ्गमा परिवर्तन नै त्यसको औषधि पनि हो । यो रहस्य यति सजिलो छ कि जोकसैले बुझ्न सक्छ ।

    ५.  हामी सबैले सास लिएकै छौं, अक्सिजन लिएकै छौं अनि किन बिरामी हुन्छौं त ? यस्तो प्रश्न गर्न सकिन्छ । यसमा बुझ्नुपर्ने ३ वटा कुरा छन् ।

    क. पहिलो कुरा त प्राचीन युगमा वायुमण्डलमा प्रचुर अक्सिजन थियो र सिङ्गै विश्व हाइपर्बेरिक च्याम्बर जस्तै थियो जहाँ सङ्क्रमणहरू स्वभावत: कम हुन्थे र मानिसहरू कमैमात्र रोगी हुन्थे । अहिले वायुमण्डलमै अक्सिजन मात्रा घट्दै गएको छ । त्यसमाथि इन्धन प्रयोग र बनजङ्गलको विनाश, बस्ती विस्तार र जनसंख्या वृद्धि देखि लिएर धुलो, धुवाँ, प्रदुषण जस्ता कारणले हामिले वायुमण्डलबाट स्वस्थ हावा र पर्याप्त अक्सिजन लिने कुरामा समस्या छ । अझ शहर बजारका ठाउँमा PM 10 र PM 2.5 को अधिकताले वातावरण कति दुषित छ बताउनै पर्दैन । 

    ख. अर्को मुख्य कुरा, हामीले पुग्नेगरी सास लिएको कहिले छ ? हामी सबैको सास फेराइ गहिरो होइन सतही मात्र छ । हामी कहिल्यै पेट भरिनेगरी सास लिंदैलिन्नौं । बेली ब्रेदिंग र चेष्ट ब्रेदिंगको सट्टा हामी साउल्डर ब्रेदिंग मात्र गर्छौं । सासफेर्दा हाम्रो पेट र छाती होइन काँध भरिन्छ ।

    ग.  हामीले तानेको सासमा अक्सिजन २० प्रतिशत मात्र हुन्छ भने ५ प्रतिशत लिएर १५ प्रतिशत अक्सिजन त हामी फेरी सासबाट बाहिर फाल्छौं । अनि हामी कसरी स्वस्थ हुन सक्छौ ?

    ६.  हाम्रा प्राचीन ऋषि-मुनिहरूले हजारौं वर्षको तप-साधना, खोज र अनुभवबाट मानव जातिको शारीरिक, मानसिक र आध्यात्मिक उन्नतिका लागि केही सूत्रहरू बनाएका थिए र आजकल थुप्रो वैज्ञानिक अनुसन्धानले पनि यिनीहरूको प्रामाणिकता पुष्टि गरेका छन् । यी सूत्र के हुन् अब त्यसैमा जाऔं ।

    ७.  समस्याजनक परिस्थितिमा मानिस डराउनु आत्तिनु स्वाभाविक हो । अझ झिना मसिना कुराबाट पनि मान्छे दुखी र प्रभावित हुनसक्छ । यस्तो अवस्थामा स्ट्रेस र मूड डिसअर्डरको स्थिति बन्छ । यसबेला शरीरमा सिम्पथेटिक स्नायु प्रणाली सक्रिय भएको हुन्छ र कोर्टीसोल, एड्रिनलिन र भेसोप्रेसिन जस्ता स्ट्रेस हर्मोनहरू बढ्न जान्छन । रक्तसञ्चार, हृदयको चाल र स्वासप्रस्वासको गतिमा वृद्धिदेखि लिएर स्ट्रेसले मनलाई अशान्त, भावनालाई अस्थिर र शरीरलाई अस्वस्थ बनाउँछ । चिन्ता, रिस, तनाव, असुरक्षा, आशङ्का, भय र असामान्य व्यवहार निम्तिन्छ । धेरैमा यो अवस्था लामो समय रहन्न तर केही व्यक्ति धेरैबेर यसबाट मुक्त हुन सक्दैनन् । फलस्वरूप रिस, आवेगको अवस्था र आक्रोशयुक्त बोली र व्यवहार प्रदर्शन गर्न सक्छन् । यसले परिवार र अरू व्यक्तिहरू सङ्गको सम्बन्धलाई पनि बिगार्छ । व्यक्ति आफू त दुखी हुन्छ नै अरूलाई पनि दुखी बनाउँछ । यसले तात्कालिन र दीर्घकालीन रुपमा कार्यक्षमता र शारीरिक तथा मानसिक विकासमा पनि असर पार्न सक्छ । 

    तर यसमाथि विजय पाउने १०१ प्रतिशत सफल र बडो सजिलो उपाय छ र हामी जोसुकैले यसलाई गर्न सक्छौं र यसमा १ पैसा पनि खर्च गर्नुपर्दैन ।

    ८.  अरू केही गर्ने पर्दैन । रिस र आवेगको अवस्थामा मात्र १० पटक लामो र गहिरो सास लिने र निकै बिस्तारै यसलाई छोड्ने गर्नेहो भने यसले निश्चितरुपले मन र मस्तिष्क तुरुन्त शान्त र स्थिर बनिहाल्छ । यसको सोझो वैज्ञानिक कारण यही हो कि यस्तो लामो सास लिन थाल्दासाथ प्यारासिम्पथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ र स्ट्रेस हर्मोनको ठाउँमा शरीरमा इन्डोर्फिन, सेरोटोनिन, ओक्सिटोसिन र डोपामाइन जस्ता ह्यापी हर्मोनहरू बन्न थाल्छन् । यसले तत्काल मुटु र श्वासप्रश्वासको गति मात्र होइन शरीरका सबै प्रक्रिया सामान्य गर्दै चिन्ता, तनाव र आक्रोशको अवस्थाको ठाउँमा मनमा आशा, उत्साह, खुसी, विश्वास, सकारात्मकता र भावनात्मक स्थिरता विकास गर्छ र सबैखाले मनोविकारहरू ठीक गर्छ । यो कुनै सैद्यान्तिक कुरा मात्र होइन । यसलाई हरेक पटक र तत्कालै व्यावहारिक रुपमा व्यक्ति आफैले महसुस गर्न सक्छ ।

    ९.  तर कसैमा यो समस्या लामो समयदेखि जरो गाडेको स्वभाव बनिसकेको पनि हुन सक्छ । तरपनि आत्तिनुपर्ने कारण छैन । त्यसोभए के गर्ने त ?

    क. दिनको एक पटक बिहान खाली पेटमा दुबैहातका बुढीऔंला र चोरऔंला जोडेर आँखा बन्दगरी १०-१२ पटक सम्म लामो ॐ को उच्चारण गर्ने ।

    ख. दिनको एक पटक बिहान खाली पेटमा औंलाले आँखा र कान बन्दगरी १०-१२ पटक सम्म घाँटीबाट लामो भमरा भुनभुन गरेजस्तो  [हमिङ्ग] आवाज छोड्ने । यी दुवै गर्दा ४-५ मिनेट भन्दा बढी लाग्दैन ।

    ग.  अनि एउटा नाकबाट लामो सास छोड्ने र त्यसै नाकबाट फेरी लामो सास तानेपछि त्यतातर्फ बन्दगरी अर्कोतर्फबाट सास बिस्तारै छोड्ने र त्यताबाट उसैगरी लामोसास लिने । दुवै तर्फबाट एबं प्रकारले आलोपालो सास छोड्ने र लिने अभ्यास बिहान बेलुका खाली पेटमा दोहोर्‍याउने प्रक्रिया १५ मिनेटमा नबढाई गर्ने । आफ्नो स्वास्थ्य र जीवनका लागि यतिगर्न कसलाई पो गाह्रो र असम्भव होला र ?

    १०.  यसोगर्दा पहिलो दिनबाट नै फरक अनुभव गर्न सकिन्छ र समस्या केही दिनमै हटेर जानेकुरा शङ्कारहीत र पक्का छ । बढी समस्या हुनेले केही दिन बिहान बेलुका दुबैपटक गर्न सकिन्छ । शरीरमा अरू रोगव्याधि छन् भने फोक्सोबाट हावा प्याट्ट प्याट्ट छोड्ने अभ्यास पनि १५ मिनेट चालुगर्नु आवश्यक हुन्छ ।

    ११.  तर समस्या यो छ कि आज यी कुरा सुन्दै नसुनेका मान्छे कमै होलान् । तर अविश्वास, अल्छीपना र हेलचेक्राइँले गर्दा निकै कम मन्छे छन् जसले यो गर्छन् । अर्थात यसोपनि भन्न सकिन्छ, मान्छेले जानाजान आफ्नै बेवास्ताले दुख र रोगलाई निम्त्याएका छन् ।

    १२. माथि बताइएका सबै कुराबाट शरीरमा प्रशस्त अक्सिजन भित्रिन्छ र विकारहरू फालेर शरीरमा ऊर्जा वा प्राणशक्ति प्रवाह गर्छ जसको बलमा हामिले रोगमुक्त स्वस्थ्य जीवन पाउँछौं । शरीरमा जमेर रहेका मध्ये ७०% फोहोर र विकार श्वासप्रश्वासबाट नै निष्कासन हुन्छन् ।

    १२.  त्यसैले लामो र गहिरो सास फेर्नोस् ; अफ्नो खुसी, सुखी र दीर्घजीवन सुनिश्चित गर्नुहोस् । 

    मुसाले प्रति मिनेट १३० पटक सासफेर्छ र लगभग २ वर्ष बाँच्छ । खरायो : ४५ पटक र आयु ५.५ वर्ष । बाँदर : ४० पटक र आयु २५ वर्ष । मान्छे : १५ पटक र आयु लगभग ७० वर्ष । ह्वेल : ५ पटक र आयु १०० वर्षमाथि । कछुवा : ४ पटक र आयु २०० वर्षमाथि ।

    के सिक्नुभयो यी उदाहरणबाट ?

    म चाहन्छु तपाईं स्वस्थ, सुखी र दीर्घजीवी हुनुहोस् ! 

    अन्तमा, यतिञ्जेल ध्यानदिएर पढ्नु भएकोमा सधन्यवाद नमस्कार ! 🙏

    Facebook Comments Box