• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ भाद्र २०८०, बिहीबार


    बिज्ञापन
  • नेवा:मा जनै वा यज्ञोपवित वा ज्वना

    टोखा टाइम्स, काठमाडौं । केही नेवा: विद्वानहरु भन्छन कि जनैको कुरो आयो भने त्यो नेवा: भन्दा बाहेकको कुरा हो, तर उहाँ महासयहरु यो बिर्सनु हुन्छ कि उहाहरु पूजा गर्दा देवतालाई भने जनै अर्पण गर्नु हुन्छ, “जजङ्का” बनाएर। जजङ्का भनेको काँचो धागोले देवतालाई चढाउन बनाइएको जनै नै हो, जजङ्का चढाउदा पढिने मन्त्र जनैको नै मन्त्र हुने गर्दछ। आफुले जनै धारण् गर्ने संस्कार बिर्सिएपनी नेवा: समाजमा देवतालाई चढाउने परमपरा चै अझै कायम नै छ। अर्को कुरा, मृत्‍यु संस्कारमा जस्को जनै छ, उस्ले पित्री तर्पण गर्दा अपसब्य भएर गर्नु पर्ने कार्य गर्न त समस्या परेन, तर जस्को कुलमा जनैको प्रथा थियो तर आफुले अधिकार पाएका छैनन उनिहरुले कपडाको पट्टी जस्तै जनैको रूपमा “उत्तरी” धारण् गर्ने गर्दछन, र त्यसै बाट अपसब्य गरेर तर्पण गर्दछन । उत्तरीको प्रचलन नेवार समाजमा श्राद्धको बेला धेरै ठाउँँमा देख्न पाईन्छ।

    जनै धारण गर्नु भनेको कुनै जन्तर धारण् गर्नु जस्तै देखिएपनी उस्तै चै होइन। कारण, जनैलाई हरेक दिन शुद्ध पवित्र राख्न सोधन र पबित्रिकरणको नियम र साधना जस्तो कि, पञ्चस्नान, सन्ध्या, तर्पण, नित्य स्वेष्टार्चन आदी गर्नु पनि जरूरी हुन्छ, जुन अहिलेको ब्यस्तताको युगमा मान्छेहरुलाई गाह्रो लाग्ने गर्दछ। जनै धारण गर्ने कार्य ब्रतबन्धनको समयमा गायत्री दिक्षा सहित हुने गर्दछ। जो सँग जनै छ, त्यो सँग गायत्री पनि हुन्छ, तर उस्ले प्राप्त गायत्री कुन तहको हो, त्यो छुट्टै कुरा भयो। हिन्दू निगमागम धर्ममा हरेक कार्य चाहे बैदिक होस्, वा तान्त्रिक, त्यहाँ तत् सम्बन्धी गायत्रीको प्रयोग बाट मात्रै कार्य बिस्तार हुने गर्दछ, वा भनौ, तपाईंको मोबाइल lock बाट unlock गर्ने तरिका मोबाइल पिच्छे फरक हुने जस्तै, हरेक कर्मकाण्ड वा मन्त्र तन्त्र यन्त्र वा इश्वरीय साधनाको unlock गर्ने तरका फरक -फरक गायत्री मन्त्र बाट मात्र हुने गर्दछ। जनै हुँदैमा यी सबै गायत्री प्रयोगको अधिकार हुँदैन, तर कमसेकम आफ्नो कुल परमपरा रक्षाको लागि अवस्य हुने गर्दछ। यदी यी अधिकार नरहेको खण्डमा आफ्नो कुलको गुरु पुरोहितले सो कार्य सम्पादन गरिदिने परमपरा छ। जस्तो कि श्रेष्ठ थर भएकाहरुले अधिकार प्राप्त गर्न सकिने ‘शिव गायत्री’ हो , त्यसइ सँगै प्रणायाम न्यास पनि तत्सम्बधी नै हुने गर्दछ।( साभार: बिजय शर्मा राजोपाध्याय ज्युको वाल बाट गरिएको )

    Facebook Comments Box