• नेपाली काँग्रेसले टोखामा प्रजातन्त्र दिवस मनाइयो

    टोखा टाइम्स, काठमाडौँ । प्रजातन्त्र दिवको अवसरमा नेपाली काँग्रेस टोखा न.पा. २ वडा कार्य समितिले एक कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा टोखाको गणेश पोखरीमा कार्यक्रम सम्पन्न भएको हो ।

    टोखा गणेश पोखरीमा रहेको लोहपुरुष गणेशमान सिंहको शालिकमा मालार्पण पछि कार्यक्रम सभामा परिणत भएको थियो । नेपाली काँग्रेस टोखा न.पा. २ वडा कार्य समितिका सभापति हेराकाजी डंगोलको सभापतित्वमा भएको सो कार्यक्रममा मन्तब्य राख्ने वक्ताहरुले शहिदहरुको त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र र लोकतन्त्रलाई दिगो बनाउन सबै लाग्नु पर्ने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि महतले शहिदहरुको बलिदानलाई सम्मान गर्दै देशमा प्रजातन्त्रको रक्षाका लागि सम्पुर्ण कार्यकर्ता लाग्नु पर्ने भन्दै नजिकिदै गरेको स्थानीय निर्वाचनलाई केन्द्रीत गरे पार्टीलाई बिजय गराउने तयारीमा लाग्न अनुरोध गरेका थिए ।

    त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै  टोखा न.पा. २ वडा कार्य समितिका सभापति तथा कार्यक्रमका सभापति हेराकाजी डंगोलले सबै पार्टीका नेताहरुको योगदान र बलिदानले नेपालमा प्रजातन्त्रको उदय भयो त्यस कारण नेपाली काँग्रेसले मात्र नभई सबै पार्टी संघसंस्थाले प्रजातन्त्र मनाउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

    कार्यक्रममा महाधिवेशन प्रतिनिधी कशिनारायण श्रेष्ठ, काठमाडौँ  क्षेत्र नं ५ का सभापति श्यामकुमार खड्का टोखा न.पा. ३ वडाका अध्यक्ष सिंहराज श्रेष्ठ, लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box