• धापासीमा भोलिदेखि लाखे नाच पर्व मनाइने

    टोखा टाइम्स, काठमाडौं । ‘हाम्राे अभियान स्थानीय कला ,धर्म, संस्कृति र पर्वकाे संरक्षण गराैँ ‘ भन्ने मूल नाराका साथ धापासीमा लाखे नाच पर्व मनाइने भएको छ ।

    परम्परागत रुपमा हरिपरिवर्तिनी एकादशी देखि पूर्णिमासम्म पाँच दिन मनाउँदै आएको लाखे नाच (ईन्द्रजात्रा) पर्व यस वर्ष पनि धापासी जात्रा व: संस्कृतिक संरक्षण पूच :को आयोजनामा भोलिदेखि पाँच दिनसम्म सो पर्व मनाउन लागेको हो ।

    बेलुकी ७:०० बजे देखि धापासीको गणेश मन्दिरबाट शुरु हुने सो पर्वमा सम्पुर्ण स्थानीय बाजागाजा, गुठी, संघ संस्था, क्लब र टाेलबासी लगायत सम्पूर्ण वडावासीहरू माैलिक भेषभुषा सहित उपस्थित हुन टोखा नगरपालिका ४ नम्वर वडा कार्यालयले अनुरोध गरेको छ ।

    Facebook Comments Box