• टोखा टाइम्स

    • प्रकाशित मिति:२० आश्विन २०८०, शनिबार


    बिज्ञापन
  • टोखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    टोखा टाइम्स, काठमाडौं  (२०, असोज २०८०) । टोखा नगरपालिका वडा नं – ३ कार्यालयको प्रांगणमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो  स्वास्थ्य शिविर मोडेल हस्पिटल,लायन्स कल्ब अफ काठमाण्डौं ३२५ एस, टोखा साहित्य दबु र वसला वचत तथा ऋण  सहकारीको सहकार्यमा भएको थियो ।

    शिविरमा करिब ४ सय जनाले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा युरोलोजिस्ट मोडेल अस्पतालका डा. अमित मणि उपाध्यायका ३२ जना  टोळीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, ब्लड प्रेसर, मधुमेह, र क्यानसर सम्बन्धी बढी बिरामीहरुको जाँच तथा उपचार गरेका थिए ।

    जनतालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्यले यो अभियान सुरु गरिएको टोखा साहित्य दबुका अध्यक्ष बाबुलाल डंगोलले बताए ।

    जनताको स्वास्थ्य प्रमुख विषय भएकाले टोखामा  नै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको अधिवक्ता जनकराज  श्रेष्ठले बताए ।

    गाउँमा सडक, खानेपानी, शिक्षा, कृषि क्षेत्रमा धेरै काम गरेको तर स्वास्थ्य क्षेत्र पनि महत्वपूर्ण भएकाले वडामै चिकित्सकहरु ल्याएर  स्वास्थ्य जाँच गरिएको लायन्स क्लबका चीफ मणिराम लामिछानेको भनाइ छ ।

     टोखा क्षेत्रका धेरै जनतालाई स्वास्थ्य सेवा पुर्याउनको लागि स्थानीय युवाहरुमा गजराज श्रेष्ठ , हरिभक्त डंगोल, लक्ष्मण डंगोल र प्रतिक डंगोल,  अधिक लागि परेका थिए ।

    Facebook Comments Box