• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ कार्तिक २०८०, सोमबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरी अस्पताललाई प्रयोगशाला सामग्री हस्तान्तरण

    टोखा टाइम्स, काठमाडौं– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाले टोखा चण्डेश्वरी अस्पताललाई सी.एल.आइ. .ए (थाईराइड, हर्मोन, भिटामिन बी १२, भिटामिन डी प्रयोगशाला ) कल्चर परीक्षणका लागि सामग्री प्रदान गरेको छ । अस्पतालमा आईतबार सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी परीक्षण गर्नका लागि चाहिने सबै आवश्यक उपकरणहरु प्रदान गरिएको हो ।

    संघीय सांसद प्रदीप पौडेलको विशेष पहलमा लायनस् क्लव अफ काठमाडौं ग्लोवलको सहयोग गरेको सामग्री बागमती प्रदेश जनस्वास्थ प्रयोगशाला धुलिखेलबाट ल्याएको प्रयोगशाला सामग्री बागमती प्रदेश जनस्वास्थ प्रयोगशालाका निर्देशक नारायण कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनलाई हस्तान्तरण गरेको थियो । प्रयोगशालाको प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री माननीय उत्तम राज जोशी र संघीय सभासद माननिय प्रदीप पौडेलले संयुक्त रुपमा उद्घाट गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री जोशीले टोखा अस्पतालका लागि आवश्यक पर्ने भौतिक पुर्वाधार तथा उपचार सामग्रीहरु स्वास्थ्य मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आगामी कार्यक्रमको बारेमा बताउँदै कुनै पनि आम जनताहरुले पैसा नभएर मैले कुनै रोगको उपचार गर्न पाएन भन्ने गुनासोको अन्त्य गर्नुपर्ने बताए।

    संघीय सांसद प्रदीप पौडेलले टोखा अस्पतालमा सुविधा सम्पन्न प्रयोगशाला आवश्यक भएको बताएका छन् । अनले अबको दिनमा अस्पतालमा गुणस्तरी उपचार र निःशुल्क उपचारको व्यवस्था हुने विश्वास व्यक्त गरे। अस्पताललाई गुणस्तरीय सेवा र सुविधा सम्पन्न बनाउन आफू दिनरात लागि परेको बताए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले सहयोगिदाताहरुलाई धन्यवाद दिएका थिए । सो उपकरणको लागि विशेष पहल गर्ने माननीय प्रदीप पौडेललाई विशेष धन्यवाद दिँदै आजकै दिनदेखि अस्पतालले अक्शिजन निःशुल्क  गरिएको जानकारी दिएका छन् । अस्पतालले डाइलेसिस, थेरापि, नाक, कान, घाँटी, मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम  तथा अस्पताल सुदृढीकरण कार्यक्रम छिट्टै नै सञ्चालन् गर्ने समेत कार्यक्रममा अध्यक्ष महर्जनले बताए । उनले अस्पतालको कमिकमजोरीलाई सुधार गर्दै आगामी दिनमा अस्पतलबाट व्यवस्थितरुपमा सेवा सुविधा दिने प्रतिबद्धता दिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनको सभाध्यक्षतामा, बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय उत्तम जोशीको प्रमुख आतिथ्यतामा, संघीय सभासद माननिय प्रदीप पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका विरिष्ट डाक्टर तथा प्रशासन प्रमुख नवीन दर्नाल, लायन्स क्लव अफ ग्लोवलका अध्यक्ष विनोद जंग के.सी, सदस्य हरि थापा, अस्पतालका कार्मचारी, स्वयम सेविका लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box