• मानव बेचिबिखन न्यूनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठी सम्मपन्न

    काठमाडमौं । मानव बेचिबिखन न्यूनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।

    शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले पीडितहरुको पुनस्थापना, न्याय प्राप्तिलगायतका अभियानमा मिडियाले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

    शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा मंगलबार ललितपुरमा आयोजित मानव बेचबिखन न्युनिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा उनले मिडियाको भूमिका प्रशंसनीय रहेको बताइन् ।

    आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किदाको अवस्था र यो बीचमा करीब ३० वर्षको अवधिमा नेपाली समाज र मिडिया दुवैको मानव बेचबिखनलाई बुझ्ने क्षमतामा विकास भएको भन्दै उनले अझै पनि प्रभावितको पक्षमा मिडियाले धेरै काम गर्न बाँकी रहेको बताइन् ।

    कार्यक्रममा मुक्ति साउथ एशियाको तर्फबाट उर्मिला श्रेष्ठले नेपालमा मानब बेचिबखनको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।

    Facebook Comments Box