• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ कार्तिक २०८०, आईतवार


    बिज्ञापन
  • भूकम्प पीडितको सहयोगार्थ कार्तिक २८ गते टोखामा वृहत्त रक्तदान कार्यक्रम आयोजना हुने

    काठमाडौ, २६ कार्तिक । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले टोखामा कात्तिक २८ गते मंगलबार टोखा गणेशस्थान प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

    टोखा नगरपालिका २ र ३ वडा कार्यालयसँगको सहकार्यमा लायन्स क्लव अफ काठमाडौं टोखा सिटी तथा श्री भगवती क्लव र टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

    नेपाल संवत् ११४४ हूदँ नयावर्षको दिन पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम बिहान १० बजेदेखि सुरू हुने लायन्स क्लव अफ काठमाडौं टोखा सिटीका प्यासिडेन्ट युथ महर्जनले जानकारी दिए । “रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौँ । सम्पूर्ण टोखाबासी तथा युवालाई रक्तदानका लागि आग्रह गर्दछु”, उनले भने ।

    Facebook Comments Box