• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ कार्तिक २०८०, बुधबार


    बिज्ञापन
  • भूकम्प पीडितको सहयोगार्थ टोखामा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौ, २८ कार्तिक । जाजरकोटका भूकम्प पीडितको सहयोगार्थ टोखामा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    टोखा नगरपालिका २ र ३ वडा कार्यालयको सहकार्यमा लायन्स क्लव अफ काठमाडौं टोखा सिटी तथा श्री भगवती क्लव र टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा मंगलबार टोखाको गणेशस्थान प्राङ्गणमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौं टोखा सिटीका प्यासिडेन्ट युथ महर्जनले जानकारी दिए ।

    उनले रक्तदान गरी सहयोग गरेकोमा रक्तदाता तथा सहयोगीहरूलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

    Facebook Comments Box