• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ मंसिर २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखामा ब्युटीपार्लरसम्बन्धी एडभान्स तालिम सुरु

    काठमाडौं, ८ मंसिर । टोखा नगरपालिका – २ मा एडभान्स ब्यूटीपार्लर तालिम सुरु भएको छ । टोखा नगरपालिका २ वडा कार्यालयसँगको समन्वयनमा २० जना महिलाहरुलाई एडभान्स तालिम दिन सुरु गरिएको ब्यूटीफ्लाई ब्युटी एकेडेमि एण्ड मेक्अप स्टुडियोकी सहजकर्ता अल्शा श्रेष्ठले जानकारी दिइन् । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तर्गत ४ महिने एडभान्स तालिम सुरु गरिएको श्रेष्ठले बताईन् ।

    तालिमको टोखा नगरपालिका २ वडा कार्यालयका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन् । वडाध्यक्ष श्रेष्ठले वडा कार्यालयले गरेको लगानी खेर नजाने गरि तालिममा सिक्न र त्यसलाई व्यवहारिक प्रयोग गर्न आग्रह गरे । तालिममा भएकाहरु कतै रोजगारीमा लागे वा स्वरोजगार भएर उनीहरुले व्यवसाय गरेको देख्न पाए मात्रै तालिमले सार्थकता पाउने वडाध्यक्ष श्रेष्ठले बताए । आगामी दिनमा यस्ता तालिम दिने कि नदिने भन्ने परिक्षणको क्षणमा रहेको भन्दै अहिलेका तालिमहरु उपलब्धीमुलक भए मात्रै आगामी दिनमा तालिमहरुलाई निरन्तरता दिने उनले प्रष्ट पारे ।

    तालिम उद्घाटन कार्यक्रममा टोखा नगरपालिका-२ का वडा सदस्यहरु सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, आर्यन डंगोल, अमर डंगोल, टोखा नगरपालिका-३ का वडासदस्य हरिभक्त श्रेष्ठ, वडा सचिव सालिकराम गौतम, तालिमको संयोजक ब्यूटीफ्लाई ब्युटी एकेडेमि एण्ड मेक्अप स्टुडियोकी अल्शा श्रेष्ठ, अनिशा श्रेष्ठ तथा सहभागीहरुको उपस्थिती रहेको थियो ।

    Facebook Comments Box