• टोखा टाइम्स

    • प्रकाशित मिति:१० मंसिर २०८०, आईतवार


    बिज्ञापन
  • आज बरुनेश्वरमा बैकुण्ठ चतुर्दशी मेला लाग्ने

    टोखा टाइम्स, काठमाडौं, १० मंसिर । धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित उत्तरी कठमाडौंको टोखा झोरमहाँकालमा अवस्थित बरूणेश्वर (बौडेश्वर) महादेवमा आज मेला लाग्ने भएको छ । कार्तिक शुक्ल चतुर्दशी अर्थात विष्णु बैकुण्ठ चतुर्दशी पर्वको अवसरमा यस मन्दिर परिसरमा मेला लाग्ने गरेता पनि यस वर्ष भने विशेष धुम्धामका साथ मनाउन लागिएको हो ।

    बौडेश्वर संरक्षण समितिको आयोजनामा आज साँझदेखि भोलि बिहानसम्म मेला आयोजना गरिने आयोजकले बताएको छ । स्थानीय धार्मिक तथा पर्टकीय क्षेत्रको रुपमा रहेको बरूणेश्वर महादेव र झरनाको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । मेलामा चर्चित लोकदोहोरी गायक तथा गायिका लगायत अन्य स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहने छ ।

    शास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्ने कथन रहेको पाईन्छ ।

    मेलाका लागि मन्दिर परिसरलाई बत्तिको झिलिमिलिले बेहुलिझै शिगारिएको छ ।

    Facebook Comments Box