• टोखा टाइम्स

    • प्रकाशित मिति:१० मंसिर २०८०, आईतवार


    बिज्ञापन
  • मनिराज डंगोलको ‘बुद्धको कर्मबाद तथा चौथो’स’ पुस्तकको बिमोचन

    काठमाडौं, १० मंसिर । सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको ‘बुद्धको कर्मवाद तथा चौथो “स” नामक पुस्तक बिमोचन भएको छ । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) द्वारा नेपाल संवत् ११४४ न्हुदँया भिंतुनाको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उक्त पुस्तकको बिमोचन गरिएको हो ।

    नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले डंगोलको नयाँ कृति ‘बुद्धको कर्मवाद तथा चौथो “स” को बिमोचन गरेका थिए ।

    पुस्तकमा बुद्धको कर्मवादसँग सम्बन्धित दर्शनदेखि परम्परागत राजनिती नै समृद्धिको बाधक भएको र उद्योग व्यवसायीको चिन्तन लागयत मुल विषय बनाएर मिहिन ढंगले लेखक मनिराज डंगोलले केलाएका छन् ।

    Facebook Comments Box