• टोखा टाइम्स

    • प्रकाशित मिति:१९ मंसिर २०८०, मंगलवार


    बिज्ञापन
  • टोखाका ९८ महिला स्वास्थ्य स्वयं सेविका सम्मानित

    टोखा टाइम्स, काठमाडौं, १९ मंसिर । टोखा नगरपालिकाका ९८ जना महिला स्वास्थ्य स्वयं सेविका सम्मानित भएका छन । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा एक कार्यक्रम बीच टोखाका ११ वटै वडाका स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानित गरिएको हो ।

    लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई टोखा नगरपालिकाले स्वयं सेविकाहरुलाई सम्मान गरेको हो । महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न सचेतना मूलक कार्यक्रमहरु, राष्ट्रिय, अन्तर्राष्ट्रिय अभियानहरु र स्थानीय तहले जारी गरेका अभियानहरुलाई सफल पार्दै आईरहेको छ ।

    ९८ जना महिला स्वयं सेविकाहरु नगरपालिकामा कार्यरत छन् ।

    Facebook Comments Box