• टोखा टाइम्स

    • प्रकाशित मिति:६ पुष २०८०, शुक्रबार


    बिज्ञापन
  • द व्हाइट माउन्टेन स्कुलको खेल सप्ताह सम्पन्न

    टोखा टाइम्स, ६ पुष, टोखा । टोखा नगरपालिका–६ मा अवस्थित ‘द व्हाइट माउन्टेन स्कुल’को वार्षिक खेल सप्ताह शुक्रबार सम्पन्न भएको छ ।

    काठमाडौ क्षेत्र नं. ५ का माननीय साम्सद प्रदिप पौडेलको प्रमुख आतिथ्यथामा वार्षिक खेल सप्ताह समापन कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न खेलमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    विद्यालयका संस्थापक तथा कार्यक्रमका सभाध्यक्ष तिलक शर्मा पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकको सबन्धको चर्चा गर्दै विद्यार्थीमा सीप र संस्कार आवश्यक भएको चर्चा गरेका थिए ।

    पौडेलले कार्यक्रममा सम्वोधन गर्दै भने- ‘अभिभावक, विद्यार्थी, शिक्षक तथा उपस्थित सबैमा विद्यालय धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुमा भएको लगनशीलता, परिश्रम र विश्वासनियताको बिद्यालय उच्च मुल्यांकन गर्दछ । साथै अभिभावकहरुले देखाउनु भएको माया र बिश्वास प्रती विद्यालय आभारी छ ।’

    समापन कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

    Facebook Comments Box