टोखा टाइम्स, काठमाडौँ । १५ औं अल नेपाल जापानी भाषा काराओके प्रतियोगिता सुनधारा स्थित आर्मी अफिसर्स क्लबमा शनिवार सम्पन्न भएको छ । नेपाल स्थित जापानी राजदुताबासको सहयोग र जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको जापानी भाषा काराओके प्रतियोगिता दुई चरणमा छुटाइ आयोजना गरिएको थियो । पहिलो चरण र दोश्रो गरी २६ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल जापानीज ल्याङ्वेज स्कुलका दिपेश तामाङ प्रथम, अक्षरा इन्टरनेशनल एजुकेशनका छिरिङ तेन्जिङ शेर्पा द्वितिय र जापानीज ल्याङ्वेज एड कल्चर सेन्टर (JLECC) का पवन राईले तृतीय स्थान प्राप्त गरेका थिए ।
JICA नेपालले ब्यवस्था गरिको विषेश पुरस्कार ति सि पी जापानीज स्कुलकी छिरिङ चुजुमलाई प्रदान गरिएको थियो । जापानीज एसोशियसन नेपालले ब्यवस्था गरिको विषेश पुरस्कार इन्टरनेशनल निप्पोन स्कुल (INS)का सजिना गुरुङ र निरज तामाङलाई प्रदान गरिएको थियो । यसै गरी जाल्टान विशेष पुरस्कार यात्रा इन्टरनेशनल ल्याङ्वेज एकेडेमीकी जानुका श्रेष्ठलाई प्रदान गरिएको थियो ।
साथै प्रथम, द्वितिय, तृतिय तथा सहभागी सम्पूर्ण प्रतियोगिहरुलाई जाल्टान, नेपाल स्थित जापानी राजदुताबासले ब्यवस्था गरेको सिल्ड, तक्मा, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताकाज्यू को सहभागितामा संचालन भएको कार्यक्रमका प्रमुख जर्ज नेपाल स्थित जापानी राजदुताबासका Cultural Secretory सातो मायुको ज्यूले निर्वाह गर्नु भएको थियो । JICA नेपालका ओकुवो आकिमिचुज्यू, जापानीज एसोशियसनका माओ सुगीताज्यू, Japan University Almuni Association (JUAAN)का डा. सोभाना बज्राचार्यज्यू, JICA Alumni Association of Nepal (JAAN) का शान्ति लक्ष्मी शाक्यज्यू र NEPAL AOTS का सरोज मान्धरज्यू लगायतका महानुभावले निर्णायकको भुमिका निर्वाह गर्न भएको थियो भने Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष मनिष श्रेष्ठले निर्वाह गर्नु भएको थियो ।
जाल्टानका उपाध्यक्ष संजय श्रेष्ठज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा जाल्टानका अध्यक्ष राजेन्द्र के सीज्यूले धन्यबाद मन्तब्य दिनुका साथै नेपालमा जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै जापानी राजदुत किकुता युताकाज्यूले जापानी भाषा र समसामहिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।