• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ पुष २०८०, बिहीबार


    बिज्ञापन
  • टोखामा विविध कार्यक्रम गरी ‘तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाइयो

    टोखा टाइम्स, १२ पुष । ‘ज्येष्ठ नागरिकको सम्मानः हामो सभ्यताको पहिचान’ भन्ने नाराका साथ ‘तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०८०’को अवसरमा टोखा नगरपालिकाले विविभ कार्यक्रमको आयोजना गरी मनाएको छ ।  

    ज्येष्ठ नागरिकका प्रतिभाको आदानप्रदान सहित नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम नगरपालिकाको ज्येष्ठ नागरिक कल्याण समितिका संयोजक तथा नगर उपप्रमुख मुरारी तामाङको संयोजकत्वमा  संचालन भएको थियो ।

    कार्यक्रमलाई नगर प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख अधिकारीले ज्येष्ठ नागरिकहरुप्रति सदैब सम्मान गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो। जेष्ठ नागरिक इतिहासका पाना तथा प्रेरणाका श्रोत भएको  र उनिहरु को सुस्वास्थ्यका लागि मेयर दिर्घायु जस्तो कार्यक्रम संचालन गरेको र  निशुल्क रुपमा प्रेसर सुगर आदिका औषधी वितरण गरेको साथै जेष्ठ नागरिकका लागि भजन किर्तनका निमित्त सार्बजनिक भवन बनाउनका लागि सक्रिय रुपमा नगरपालिका नै लागेको समेत बताउनु भयो।  

    यसै गरी कार्यक्रममा उपप्रमुख मुरारी तामाङले बोल्नुहुदै ज्येष्ठ नागरिकलाई नगरपालिकाले प्रत्येक वडामा सम्मान कार्यक्रम राखी सबैलाई समेट्ने कुरा बताउनुभयो । सोहि कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी ले ज्येष्ठ नागरिकको अधिकार संरक्षण गर्नु र ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानिय सरकारको दायित्व भएको र नेपालको संविधानको धारा ४१ मा रहेको ज्येष्ठ नागरिकको अधिकारको संरक्षणका लागी टोखा नगरपालिकाले ज्येष्ठ नागरिकको प्रोफाइल तयार पार्ने एबं ज्येष्ठ नागरिकले राज्यबाट प्राप्त गर्ने सेवालाई घरदैलोसम्म पुर्‍याउने तर्फ नगरपालिका प्रतिबद्द रहेको कुरा व्यक्त गर्नुभयो ।

    स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै सामाजिक समावेशीकरण शाखाका प्रमुख सावित्रा न्यौपानेले ज्येष्ठ नागरिकका ज्ञान सिप तथा अनुभवलाई पुस्तौपुस्तासम्म आदानप्रदान गर्नुपर्ने कुरा बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाको वडा ७ निबासी महिला तर्फकी १०५ वर्षीय ज्येष्ठ नागरिक सावित्री पौडेल र पुरुष तर्फका वडा ६ निवासी १०२ वर्षीय पहल सिंह थापालाई विषेश सम्मान गरिएको थियो । भने, ११ वटै वडाका ज्येष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो ।

    ज्येष्ठ नागरिकहरुको प्रतिभा आदान प्रदान गर्ने क्रममा ज्येष्ठ नागरिकहरु  बलराम खतिवडा, शिवराज पौडेलले ज्येष्ठ नागरिक सम्बन्धी चेतनामुलक कविता समेत सुनाउनुभएको थियो । अन्तक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफुले नगरपालिकाबाट अपेक्षा गरेका कुराहरु पनि ब्यक्त गरेका थिए ।

    कार्यक्रमका लागि विभिन्न वडाहरुबाट ज्येष्ठ नागरिकहरु साहितको  र्‍याली पनि गरिएको थियो । नेपालमा ज्येष्ठ नागरिकको सम्मान गर्दै २०७८ साल बाट यो दिबस मनाइदै आएको छ ।

    उक्त कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ,  प्रमुख प्रशासकीय अधिक्त शेर बहादुर वि.सी लगायत ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य, शाखा प्रमुख, वडा सचिव एवं नगरपालिका भित्रका ज्येष्ठ नागरिक कल्याण समितिका पदाधिकारीहरु, संघ संस्थाका पदाधिकारीहरु साथै ज्येष्ठ नागरिकहरुको समेत सहभागिता रहेको थियो।

    Facebook Comments Box