• टोखामा सुत्केरी आमाहरुको मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम

    टोखा । टोखा नगरपालिका – २ का सुत्केरी आमहरुको मानसिक स्वास्थ्यलाई लक्षित गरी मनमोहन मेमोरियाल इंस्टिट्यूट अफ हेल्थ साइन्समा अध्यानरत जनस्वास्थ्य चौथो वर्षका विद्यार्थी ममता रावल र स्वस्तिका गैरेले बुधबार एक कार्यक्रम सम्पन्न गरियो ।

    टोखा नगरपालिका – २ मा स्थित टोखा चण्डेश्वरी अस्पतालमा गरिएको  उक्त कार्यक्रममा टि. पी. ओ नेपाल, यूनाइटेड नेपाल, लाएन्स  क्लब ऑफ काठमाडौं अपेक्षा बाटिका, टीम नेपो बैतड़ी, कन्चन हीलिङ्ग सेन्टर, ईपीडेमोलोगी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा सम्पन्न गरिएको थियो ।

    उक्त कार्यक्रममा सुत्केरी आमहरुको मनासिक स्वास्थ्यबारे जनचेतना फैलाउने, स्वास्थ्य परिक्षण, हीलिङ्ग थेरापी तथा मनोसामजीक परामर्श पनि गरिएको थियो । यी क्रियाकलापहरुमा साईकोलोगीस्ट सुस्मिता बराल, सन्ध्या खतिवोडा, कन्चन राउतको योगदान रहेको थियो । उक्त कार्यक्रममा टोखा नगरपालिका-२ का सम्पूर्ण स्वास्थ्य स्वयम्‌सेविका, लेली श्रेष्ठ, BHC का ईन्चार्जको महत्वपूर्ण भूमिका रहेको थियो ।  कार्यक्रम टोखा चण्डेश्वरी अस्पतालकी मे.सु डा. सुजता नगरकोटीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

    यस्ता कार्यक्रमहरू स्थानीय तहबाट  निरन्तर रुपमा गर्न सके सुत्केरी आमहरुको मानसिक स्वास्थ्य सृदृत गर्न सहयोग हुने र आत्महत्या जस्ता नकारात्मक सोचहरु रोकथाम गर्न मद्दत पुर्‍याउने कार्यक्रमका आयोजकहरुको भनाई रहेको थियो।

    Facebook Comments Box