काठमाडौं (हिक्मत डंगोल), कार्तिक २५ । राजधानीमा हरेक महिना भईरहने सामुहिक चित्रकला प्रदर्शनी भन्दा केही फरक शैली दिने उदेश्यले आफ्नो छुट्टै पहिचान दिईसकेका चार जना कलाकारहरूका “ फोर आर्टिष्ट कन्टेपररी आर्टिष्ट अफ नेपाल “ शनिवार देखि नेपाल आर्ट काउन्सिलमा ५ दिने प्रदर्शनीको संयोजन भैरहेको छ।
प्रदर्शनीमा एरिना ताम्राकार, शिला राजभण्डारी, शैली राना विष्ट र विशाल महर्जनको विविध शैलीका चित्रहरू राखिएका छन्।
लामो समय देखि “ लेडिज फर्म” मा रहेर काम गरिरहेकी अग्रज कलाकार एरिना भन्छिन – “ हामीले यसपाली चार जना नेपाली कलाकार र जापानी कलाकार युमो सानो को समेत ५ जनाको फोटो प्रदर्शनीमा राखेका छौं । युमो सानो स्वयंसेविकाको रूपमा नेपाल आएको बखत समयको सदुपयोग गर्दे नेपाली जनजीवनसंग सम्बन्धित चित्रकला कोरेकी थिईन। तर दुरभाग्यवश उनी चितवन जॅादा बाइक दुर्धटनामा परेर अकालमा ज्यान गुमाएकी थिईन। उनी मेरो मन मिल्ने सखी थिई। उनी बाट मैले धेरै कुरा सिकें । उनको कामबाट म प्रभावित भएकी छु। उनी हर बखत नयां नयां सोच र सिर्जनामा व्यस्त रहन्थे। स्वर्गीय युमोको योगदानलाई सम्झंदै उनी प्रति सम्मान र कृतज्ञता दर्शाउनको लागि यो एउटा अवसर बनेको थियो यो प्रदर्शनीमा।“
युमो सानो को कृर्तिहरू एरिनाको सौन्जन्यबाट आएका थिए। युमोको कला भनेर छुट्टै दुई वटा कक्ष सुरक्षित राखेका छन्।
यस्तै अर्को अग्रज कलाकार शिला राजभण्डारीको चित्रकला को सूक्ष्म अवलोकन गर्ने हो भने नेवार समुदाय भित्रका सामाजिक र सांस्कृर्तिक पर्व , रीतिरिवाज , परम्परा र वैवाहिक जीवन चर्यासंग सम्बन्धित विविध किसिमका ज्ञान आर्जन गर्न सकिन्छ। शिलाको कृर्ति हेर्देमा सहज ढंगले विषय वस्तुमा प्रवेश गर्न सकिन्छ। कलाकृर्ति सरल र आकर्षक छन् । तसर्थ दर्शकहरू पनि बढी उनका चित्रहरू अवलोकन गर्नमा तानिनुको कारण पनि यही नै हो। दर्शकहरू पनि एरिना, शैली र विशालको चित्रकला हेरेर भिन्न अनुभव गरिरहेका छन्। शैलीका महादेव पार्वतीको प्रेमालाप र परम्परागत कलामै आधुनिकता खोज्ने यो प्रयास वास्तवमा नै नविन सोच थियो। एरिनाको चित्रकलाले पनि सिँगै प्रकृति र नारी संवेदनाको आकार उतारेकी छिन्।एरिनाको लोभ लाग्दो कला तेस्रो नेत्र प्रदर्शनीमा छ । एरिना महिला चित्रकारहरुमध्ये लोकप्रिय कलाकार हुन् । चित्रमा उनको आफ्नै शैली प्रस्तुत गरेकी छिन । चित्रमा आफ्नै पहिचान छ । जे देखियो र जे भोगियो त्यही अनुभव र भावनात्मक तरंगहरुलाई क्यानभासमा उतारेकी छिन्।
अहिलेका तन्नेरी पुस्ताका कलाकार विशाल महर्जनको चित्रकला पनि हेरेर आनन्द लिन सकिन्छ । उनको सिर्जना पनि आम मानिसहरुको लागि चाखलाग्दो विषय हुनसक्छ ।
यस कला प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरुले आफ्नो घरमा सजाउनको लागि किन्न सक्ने मूल्यमा विभिन्न चित्रकलाहरु राखिएका छन् ।
नेपाल कला परिषद्को भुई तल्लामा मात्र सम्पन्न रहेको कलाको मज्जा समेत दर्शक तथा कला पारखीहरुले लिन सक्नेछन् ।