• टोखा टाइम्स

    • प्रकाशित मिति:२६ कार्तिक २०८१, सोमबार


    बिज्ञापन
  • मोहमम्द अजिज: एक प्रेरणादायी मोरक्कन पुराना पुस्तक बिक्रेता

    टोखा टाइम्स (हिक्मत डंगोल) । मोरक्कोको रबात सहरका ७२ वर्षीय मोहम्मद अजिज संसारमा सबैभन्दा धेरै फोटो खिचिएका पुस्तक बिक्रेता हुन्। पुरानो किताबहरू बेच्ने सानो कामलाई आफ्नो जीवनको ध्येय बनाएका अजिजलाई मानिसहरू “द बुकम्यान अफ फेज” भनेर चिनिन्छन्।

    २६ प्रतिशत जनसंख्या अझै पनि पढ्न नसक्ने देशमा पुस्तक बेच्नु सहर र साहित्यप्रतिको माया हो । ६ वर्षको उमेरदेखि नै अनाथ, अजिजको जीवन कठिन थियो ।किनकि पाठ्यपुस्तकहरू धेरै महँगो भएकाले उनले माध्यमिक बिध्यालय पनि पूरा गर्न सकेनन् ।

    सन् १९६३ मा, १५ वर्षको उमेरमा, उनले पुस्तक विक्रेताको रूपमा आफ्नो पेशा सुरु गरे, मात्र ९ पुस्तकहरू लिएर रूख मुनिको कार्पेटबाट ।

    उनी अहिले आफ्नो पुस्तक पसलमा हजारौं पुस्तकहरू बेच्छन् र तिनीहरूका कथाहरू पढ्दै पुस्तकहरूमा डुबेका दिनहरू बिताउँछन्।

    उनले दिनको ६-८ घण्टा पढ्छन् । खाना, प्रार्थना, धुम्रपान र ग्राहकहरूलाई मद्दत गर्दा मात्र रोकिन्छन् । आफ्नो फुर्सदको समयमा, उनी पुराना पुस्तकहरू खोज्दै छरछिमेकमा घुम्छन् । किताब जम्मा गरेर पछि आफ्नो पसलमा बेच्छन् ।

    उनी भन्छन् “यो यो मेरो बाल्यकाल र गरिबी विरुद्धको बदला हो । मैले अरबी, फ्रेन्च, अंग्रेजी वा स्पेनिस भाषामा ४,००० भन्दा बढी पुस्तक पढेको छु । त्यसैले ४,००० भन्दा बढी जीवन बिताएँ । सबैले यो अवसर पाउनुपर्छ! मेरो जन्मदिनको आनन्द लिन मलाई दुईवटा तकिया र एउटा किताब भए पुग्छ ।”

    उनी रबातमा सबैभन्दा लामो समय सेवा गर्ने पुस्तक बिक्रेता पनि हुन्। ४३ वर्ष भन्दा बढी समयदेखि एकै ठाउँमा काम गर्दै छन् उनी ।

    ‘किन चोर्न सकिने ठाउँमा आफ्ना किताबहरू बाहिर छाडेर जानुहुन्छ ?’ भनी सोध्दा उनले जवाफ दिए “पढ्न नसक्नेले किताब चोर्दैनन् र पढ्न सक्ने किताब चोर हुँदैनन् ।”

    Facebook Comments Box