• टोखा टाइम्स

    • प्रकाशित मिति:१९ मंसिर २०८०, मंगलवार


    बिज्ञापन
  • टोखा परम्परागत चाकु संरक्षण समाजको अवलोकन भ्रमण सम्पन्न

    टोखा । टोखा परम्परागत चाकु संरक्षण समाजको आयोजना एवं टोखा नगरपालिकाको प्रवद्धनमा शुक्रबारदेखि शुरु अवलोकन भ्रमण सकिएको छ ।

    टोखाको परम्परागत चाकु बनाउन आवश्यक कच्चा पदार्थ उखु खेति र सखर उत्पादन गर्ने कृष्ण नगर कपिलवस्तु, विरगंज, सर्लाही र गुल्मीको अवलोकन भ्रमण गर्ने उद्देश्यले टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको नेतृत्वमा २० सदस्यीय टोलि शुक्रबार टोखाबाट प्रस्थान गरेको थियो ।

    भ्रमण टोलिमा चाकु संरक्षण समाजका सदस्यका साथै टोखा नगरपालिका २ का वडा सदस्य अमर डंगोल, ३ वडाका अध्यक्ष रमेश डंगोल, ४ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा नगरपालिका नक्शा शाखा प्रमुख इन्जिनिय बिजेन्द्र श्रेष्ठका साथै टोखा टाइम्सका सम्पादक सुविन्द्र श्रेष्ठको सहभागिता थियो ।

    अवलोकन भ्रमणका क्रममा कृष्ण नगर कपिलवस्तु, विरगंज र सर्लाहीमा रहेको सखर उद्योगहरुको अवलोकन गरिएको थियो, भने गुल्मीको छत्रकोट (टोखा नगरपालिकाको भगेनी सम्बन्ध रहेकोको) गाउँपालिकाको कार्यालयमा परिचायात्म अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

    अवलोकनका क्रममा टोखा नगरपालिका जनप्रतिनिधिहरुले टोखाको चिनारीको रुपमा रहेको चाकुलाई गुणस्तर बनाउन यो अवलोकन भ्रमण निकैनै उपलब्धिमुलक भएको धारणा राखेको थियो ।

    पहिले टोखामा नै उखुको खेति गरी उखुको रसलाई परम्पारगत विधिबाट चाकु बनाउने प्रचलन थियो । अब टोखामा पनि उचित सार्वजनिक जग्गामा पुन उखु खेति गर्नको लागि आवश्यक स्थानको छनोट गरी उखु खेति गर्ने टोखा नगरपालिकाको कार्यपालिका वैठकमा छलफल गर्ने जनप्रतिनिधिहरुले बताउनु भयो ।

    चाकुलाई गुणस्तर बनाउन त्यसमा प्रयोग गरिने कच्चा पदार्थमा भर पर्ने भएकाले यस अवलोकनले कस्तो र कुन प्रकारको सखर प्रयोग गरेमा चाकुमा गुणस्तर बढ्छ भन्ने जानकारी पाएको चाकु व्यवसायीहरुको भनाई रहेको थियो ।

    त्यस्तै, चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले टोखाको पहिचा चाकुलाई महत्वका साथ लिइ त्यसको प्रवद्धन र संवद्धनका गर्न अवलोकन भ्रमणको प्रवद्धन गरी दिएकोमा टोखा नगरपालिका प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    जाडोयाम सुरु भएसँगै चाकु बनाउन सुरु गरिन्छ । मंसिर र पुष दुई महिना चाकु बनाइन्छ । चाकुले पछिल्लो समयमा विश्व बजारमा विस्तारै बजार पाउन थालेको छ । भारत चिन जापान अष्ट्रेलिया रसिया लगायत मुलुकमा चाकुको माग आउन थालेको चाकु व्यवसायी तथा टोखा परम्परागत चाकु संरक्षण समाजका महासचिव रामराज श्रेष्ठ बताउनुहुन्छ ।

    टोखाका परम्परागत चाकु व्यवसायीहरुको छाटा संगठन १५ वटा चाकु उद्योगहरु समावेश रहेका छन् ।

    Facebook Comments Box