टोखा टाइम्स, पुस २५ गते । नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको टोखा नगर समितिको अध्यक्षमा मदनलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोश्रो अधिवेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा सुर्यमान डंगोल, उपाध्यक्ष द्वयमा सत्यदेवी डंगोल तथा अनिस श्रेष्ठ, सचिवमा सुविन्द्र श्रेष्ठ तथा मनिता श्रेष्ठ र कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यमा सर्वसम्मत निर्वाचित हुनेहरूमा रामलाल महर्जन, ज्ञानकाजी श्रेष्ठ, आशा नारायण श्रेष्ठ, सञ्जय डंगोल यमुना नकर्मी, धर्मराज कर्माचार्य, आशालाल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ (मनोज), बिक्रम श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, सुनिता श्रेष्ठ, सानुदेवी श्रेष्ठ, बुद्ध लक्ष्मी डंगोल, लक्ष्मी श्रेष्ठ, लः डंगोल, सुरज डंगोल, अञ्जु श्रेष्ठ रविन महर्जन र बिक्रम महर्जन रहेका छन् ।
नेवाः एकता दिवसको अवसरमा टोखामा आयोजित कार्यक्रममा नवनिर्वाचित समितिका पदाधिकारीहरूको नाम सार्वजनिक गरेको थियो । नेवाः देय् दबुका निवर्तमान अध्यक्ष नरेश ताम्राकारले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गर्नुभएको भयो ।
मंगलबार नेवा: गुथि टोखाको कार्यालयमा नेवाः देय् दबु टोखा नगर समितिका अध्यक्ष हेरकाजी डंगोलको अध्यक्षतामा नेवाः देय् दबुका केन्द्रीय महासचिव सत्यनारायण डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्वानिग विशेष समितिका अध्यक्ष श्रीकृष्ण महर्जन, सचिवालय सचिव माईला डंगोल, सदस्य रमेश नापित, देवराज डंगोल, जिल्ला अध्यक्ष धन बहादुर, सदस्य रविना श्रेष्ठ लगायत खुल्ला तथा बन्दसत्र कार्यक्रममा विभिन्न खलः पुच र नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।