• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ माघ २०८१, मंगलवार


    बिज्ञापन

    नेवाः संकिपा राष्ट्रिय दबुको दोस्रो अधिवेशन सम्पन्न, रत्न महर्जनको अध्यक्षतामा नयाँ समिति गठन

    टोखा टाइम्स, १ माघ । नेवाः कलाकर्मी तथा फिल्मको प्रवर्द्धन र सम्बद्धन गर्ने उद्देश्यले स्थापित नेवा: संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार नेवा: देय् दबूको केन्द्रीय कार्यालय त्रिपुरेश्वरको सभाकक्षमा नयाँ कार्य समिति गठनसंगै अधिवेशन सम्पन्न भएको हो ।

    वरिष्ठ चलचित्र सम्पादक माणिक रत्न तुलाधरको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनबाट रत्न महर्जनको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

    दबूको उपाध्यक्षमा द्वय रवि डंगोल र मञ्जु श्रेष्ठ, सचिवमा रवि महर्जन, सहसचिवमा राजिव राजोपाध्याय, कोषाध्यक्षमा अन्नपुर्णेश्वरी श्रेष्ठ र सहकोषाध्यक्ष रन्जु श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा भिमशेन रिसाल, राज शाक्य, रेवन्तलाल श्रेष्ठ, रवि श्रेष्ठ, राजन महर्जन र सुविन्द्र श्रेष्ठ रहेका छन् ।

    दबूलाई चलायमान बनाउन अधिवेशनले विविध कमिटीको समेत गठन गरिएको छ । जस अन्तर्गत संगठन विस्तार कमिटीको संयोजकमा रवि महर्जन, आर्थिक कमिटी संयोजकमा रन्जु श्रेष्ठ र सहसंयोजक अन्नपुर्णेश्वरी श्रेष्ठ, प्रशिक्षण कमिटी संयोजकमा रवि डंगोल,सह संयोजकमा राज शाक्य र रेवन्तलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, वजार व्यवस्थापन कमिटी संयोजकमा रत्न महर्जन, सह संयोजकमा राज शाक्य, अन्तर्राष्ट्रिय कमिटी संयोजकमा आशिषमा नकर्मी र कला संस्कृति कमिटी संयोजकमा भिमसेन रिसाल, सहसंयोजक श्याम प्रशाद खड्गी र सदस्यमा राजमुनि वज्राचार्य रहेका छन् ।

    Facebook Comments Box