टोखा टाइम्स, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशन पार्टी केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज क.अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाजा गाजा सहित साँस्कृतिक र्यालि टोखा नगर परिक्रमा पश्चात् सद्भाव बैंक्वेट पुगेर सभामा परिन्त भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिको तेस्रो अधिवेशनले सर्वसम्मतमा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वमा पुनः अध्यक्षमा नवीन कुमार डंगोल, उपाध्यक्ष महेश्वरी डंगोल, उपाध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष बिष्णु श्रेष्ठ, सचिब प्रमोद अधिकारी, सह सचिब सागर पोखरेल र कोषाध्यक्ष रामराज श्रेष्ठ सहित ५१ सदस्यीय समिति सर्व सम्मतवाट गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टोखा नगर समितिका अध्यक्ष नवीन कुमार डंगोलको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज सुर्य सुवेदी, अथिति कुमार पौडेल, महेस्वर दाहाल, हिमाल शर्मा, राधिका तामाड, कल्पना शर्मा, अनिल शर्मा निर्वाचन आयोग सचिवालय सदस्य गोविद बतला, काठमाणडौं जिल्ला संयोजक सञ्जय लामा, जिल्ला सचिव महेस्वर फुयालका साथै समितिका सदस्य तथा पार्टीका विभिन्न पदका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।